संविधान बन्धकी राखेर गरिने एमसीसी सम्झौता स्वीकार्य छैन : वाईसीएल

योङ कम्युनिष्ट लिग (वाईसीएल) संयोजक सुमन देवकोटाले देशको सार्वभौमसत्ता, स्वाधीनता र अखण्डता रक्षाका लागि वाईसीएल जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् । उनले मुलुकमा स्थानीय तहदेखि केन्द्रसम्मै भ्रष्टाचार मौलाएको दाबी गर्दै भ्रष्टाचारविरोधी अभियान थाल्ने पनि बताए । प्रेस संगठन नेपाल कास्कीको आयोजनामा पोखरामा शनिवार पत्रकार सम्मेलनमा उनले बन्द उद्योग खुलाएर बेरोजगार युवालाई रोजगार दिँदै देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने तर्फ वाईसीएल अघि बढेको प्रष्ट पारे । उनले युवालाई कानुन निर्माणको तहसम्म पुर्‍याउन आवश्...

सम्बन्धित सामग्री

जनयुद्ध दिवसको अवसरमा वाईसीएल पर्साद्वारा मानव सेवा आश्रममा फलफुल वितरण

काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) ले जनयुद्ध दिवसको अवसरमा वीरगन्जस्थित मानव सेवा आश्रममा फलफुल वितरण गरेको छ । वाईसीएल पर्साले २९ औं जनयुद्ध दिवसको अवसरमा मानव सेवा आश्रम वीरगन्ज शाखाको संरक्षणमा रहेका असहाय र असक्तहरुलाई फलफुल वितरण गरेको हो । वाईसीएल पर्साका संयोजक दिपेन्द्र सिंह पटेलको […]

वाईसीएल नेपालले दार्चुला बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने

नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल नेपालले दार्चुला बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।  संगठनले दार्चुला जिल्ला कमिटी, सुदूरपश्चिम प्रदेश कमिटी, केन्द्रीय पदाधिकारी, केन्द्रीय कमिटी सदस्य लगायत सम्पूर्ण मातहतका कमिटीलाई राहत तथा उद्धार कार्यमा सक्रियताका साथ लाग्न निर्देशन जारी गरेको हो । वाईसीएल नेपालका अध्यक्ष सुबोधराज सेर्पालीले बाढी पहिरोबाट भएको धनजनको क्षतिपूर्ति र बेपत्ताको यथाशिघ्र खोजबिन गर्न सरकारसँग माग गरेका छन् । लगातारको वर्षापछि हिजो गएक

महेश बस्नेतसँग भिड्न माओवादीले पठायो वाईसीएल इञ्चार्ज

२० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र भक्तपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले भक्तपुर–२ मा वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई एकल रुपमा सिफारिस गरेको छ । यो नेकपा एमालेका नेता महेश बस्नेतको क्षेत्र हो । एमालेनिकट युवा संघको पूर्व अध्यक्ष समेत रहेका बस्नेतले […]

‘वाईसीएल गुन्डागर्दी गर्दैन, उत्पादनमा केन्द्रीत रहन्छ’

नेकपा माओवादी (केन्द्र) को भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का अध्यक्ष सुवोधराज सेर्पालीले पार्टी र संगठनसँग आस्था राख्ने शुभेच्छुकहरू सोचेजस्तै संगठन बनाएर अघि बढ्ने बताएका छन् । उनले रातोपाटीसँगको कुराकानीमा संगठनलाई गति दिएर नयाँ जीवन प्रदान गरेर अघि बढ्ने बताएका हुन् ।  आम युवाहरूलाई गोलबन्द गरेर तीन महिने संगठन शुद्धीकरणको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष सेर्पालीले तीन महिनापछिको वाईसीएल भिन्न रूपमा प्रस्तुत हुन सक्ने दाबी पनि गरे । केही दिनअघि मात्र पदाधिकारीको

वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै वाईसीएल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट भातृ सङ्गठन वाईसीएल नेपालले आफ्ना कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उद्देश्यसहित वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । आज राजधानीको केएल टावर स्थित हलमा तालिम सञ्चालन हुने बताइएको छ। युवा सङ्गठन बेरोजगारहरूको सङ्गठन जस्तो हुन नहुने भन्दै विभिन्न तवरले जागिर पेसा भन्दा बाहिर रहेका युवाहरूलाई  स्वरोजगार बनाउन निःशुल्क तालिम […]

बानेश्वरमा वाईसीएल र क्रान्तिकारीको प्रदर्शन पार्टीकै सल्लाहमा

नेकपा माओवादीको दुई भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) र योङ कम्युनिस्ट लिग (वाईसीएल) ले शुक्रबार पनि राजधानीमा प्रदर्शन गर्ने भएका छन् ।  सत्ता गठबन्धनमा सहमति बिनै सरकारले एमसीसी टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा क्रान्तिकारी र वाईसीएलले प्रदर्शन गर्न लागेको हो। मध्यान्ह १२ बजे बानेश्वरमा प्रदर्शन गर्ने तय भएको अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल गर्न सहयोग नगर्ने बताइसकेको छ भने माओवादीको असहय

वाईसीएल नेपालको २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाईसीएल नेपालले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएल नेपालको आज मङ्गलवार सम्पन्न राष्ट्रिय भेलाले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । त्यहीअनुसार केन्द्रीय समितिका सदस्यहरू चयन गरिएको वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ ले जानकारी दिनुभयो । नयाँ केन्द्रीय समितिमा २३ जना भने प...

हाइटेक राष्ट्रिय सम्मेलन गरेको वाईसीएल नेतृत्व चयन गर्न असफल

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल) नयाँ नेतृत्व चयनमा असफल भएको छ । शनिबारदेखि  हाइटेक प्रविधिमार्फत निकै तामझामका साथ राष्ट्रिय सम्मेलनको उद्घाटन गरेको वाईसीएलको सम्मेलन नेतृत्व चयन बिनै सकिन लागेको हो । वाईसीएलले नेतृत्व चयन नगरी केन्द्रीय कमिटीमात्रै घोषणा गर्ने तयारी गरेको छ।  वाईसीएलयका केन्द्रीय प्रचार विभाग प्रमुख पुष्प ओलीले केन्द्रीय कमिटी घोषणा गरेर राष्ट्रिय सम्मेलन सक्न लागिएको बताए । उनले नेतृत्व चयन भने पछि बस्ने केन्द्रीय कमिटी बैठकले गर्ने

अब ´वाईसीएल समाजवादी सेना`

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको युवा संगठन वाईसीयललाई समाजवादी सेनामा रुपान्तरण गरिने बताएका छन्। वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले बन्दुक बिनाको सेना बनेर समाजवाद ल्याउने दिशामा अगाडि बढ्न वाईसीएललाई आग्रह गरे।