वाईसीएल नेपालले दार्चुला बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने

नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल नेपालले दार्चुला बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।  संगठनले दार्चुला जिल्ला कमिटी, सुदूरपश्चिम प्रदेश कमिटी, केन्द्रीय पदाधिकारी, केन्द्रीय कमिटी सदस्य लगायत सम्पूर्ण मातहतका कमिटीलाई राहत तथा उद्धार कार्यमा सक्रियताका साथ लाग्न निर्देशन जारी गरेको हो । वाईसीएल नेपालका अध्यक्ष सुबोधराज सेर्पालीले बाढी पहिरोबाट भएको धनजनको क्षतिपूर्ति र बेपत्ताको यथाशिघ्र खोजबिन गर्न सरकारसँग माग गरेका छन् । लगातारको वर्षापछि हिजो गएक

सम्बन्धित सामग्री

मेलम्चीले दियाे बाढी, पहिरो प्रभावितलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक : विसं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको छ । केही अघिको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १०, १० लाख सहयोग गर्ने निर्णय गरेको थियो।छिमेकी पालिकाहरूमा समस्या पर्दा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताए। १० लाखको चेक ग्रहण गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले

कोसी प्रदेशद्वारा बाढी–पहिरो प्रभावितलाई आर्थिक सहयोग

मोरङ – कोसी प्रदेश सरकारले बाढी पहिरोबाट प्रभावित भएकाहरूलाई आर्थिक सहयोग सम्बन्धित जिल्लामा पठाएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढी र पहिरोबाट ताप्लेजुंग र पाँचथरमा मृत्यु भएका मृतकका परिवार, तथा प्रभावितलाई आर्थिक सहयोग उपलब्ध गराएको हो। सरकारले बाढी पहिरोमा परि मृत्यु भएका मृतकका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ सम्बन्धित निकायमा पठाएको हो। […]

बाढी–पहिरो पीडितलाई आर्थिक सहयोग गर्न रेडक्रसको टोली हुम्लामा

सिमकोट – असोजमा वर्षासँगै गएको बाढी पहिरोमा घरमा क्षति पुुगेका पीडितलाई राहतस्वरूप आर्थिक सहयोग गर्न नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको टोली हुम्ला आइपुुगेको छ। बाढी–पहिरो पीडितलाई राहतस्वरुप रेडक्रस केन्द्रले सो आर्थिक सहयोग गर्न लागेको हो। रेडक्रस केन्द्रीय कार्यालय वरिष्ठ लेखा अधिकृत मायानाथ बरालले असोज १ देखि ३१ गतेसम्म हुम्ला जिल्लाभरि बाढी पहिरोबाट पूर्ण रुपमा घरमा […]

बाढी पहिरो प्रभावितलाई आजैदेखि आर्थिक सहयोग वितरण गरिने

काठमाण्डाै - बाढी पहिरो प्रभावितहरुलाई आर्थिक सहयोगको काम आजैदेखि थालिने सरकारले जनाएको छ  । ज्यान गुमाएकाका परिवारलाई राहत तथा घाइतेको निःशुल्क उपचार गर्ने निर्णय आजैदेखि कार्यान्वयन हुने गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले उज्यालोलाई जानकारी दिनुभयो ।  उहाँका अनुसार प्रभावित ठाउँको जिल्ला विपद् व्यवस्थापन समितिमार्फत आर्थिक सहायताको काम थालिने छ । जिल्ला विपद् व्यवस्थापन कोषमा पहिले नै विपद्का बेला खर्च गर्ने भनेर स्थापना गरिएको कोषमार्फत आर्थिक सहायताको काम सुरु गरिने उहा...

बाढी–पहिरो अपडेटः मृतकका परिवारलाई कम्तिमा २ लाख, घाइतेको निःशुल्क उपचार

बाढी पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई कम्तिमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने सरकारले निर्णय गरेको छ ।

सांसद राजभण्डारीद्वारा बाढी पहिरो व्यवस्थापन समन्वय समितिलाई सहयोग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले काँग्रेसले गठन गरेको बाढी, पहिरो व्यवस्थापन समन्वय समितिलाई आर्थिक सहयोग गरेका छन् । देशका विभिन्न भागमा गएको विनाशकारी बाढी पहिराका कारण पुगेको जनधनको ठुलो क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरापीडितलाई राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले निर्माण गरिएको समितिलाई सांसद राजभण्डारीले बिहीबार रु एक लाख एक हजार आर्थिक सहयोग […]

सिन्धुपाल्चोक र मनाङका बाढी पहिरो पीडितलाई मेगा बैंकको १२ लाख सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ११औं वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैयाँ र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो । २०७८ असार १ गतेको बाढी पहिरोबाट ठूलो क्षति सहित प्रभावित बनेका चामे र हेलम्बुको प्रभावित क्षेत्रमा मेगा बैंकको पनि शाखा रहेकोले स्थानीय समुदाय एवं समाज प्रतिको उत्तरदायित्व बहन गर्

बाढी पहिरो पीडित मेलम्ची र हेलम्बुका औषधि व्यवसायीहरूलाई आर्थिक सहयोग प्रदान

बाढी पहिरोका कारण समस्यामा परेका मेलम्ची र हेलम्बुका औषधि व्यवसायीहरू सहितका संघ संस्थालाई नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले आर्थिक सहयोग गरेको छ।

बाढीपहिराेमा मृत्यु भएका परिवारलाई काँग्रेसले आर्थिक सहयोग गर्ने

काठमाडौँ । नेपाली काँग्रेसले बाढी पहिराेमा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । काँग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट रु २५ हजार सहयोग गर्ने जानकारी दिएको हो । समन्वय समितिका संयोजक एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विसं २०७८ […]

सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई रु १ करोड

बागमती प्रदेश विपद् व्यवस्थापन समितिले सिन्धुपाल्चोक जिल्लालाई तत्काल रु १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको सो समितिको बैठकले सोे निर्णय गरेको हो । उद्योग, पर्यटन तथा वन मन्त्री शरेस नेपालले बैठकले सिन्धुपाल्चोक लगायत प्रदेश भित्रका बाढीपहिरो प्रभावित क्षेत्रमा रोकथाम, संरक्षण र सहज वातावरण बनाउन तत्काल रु ५ करोड सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । उनले बैककले सिन्धुपाल्चोक र चितवनको नदी नियन्त्रणको लागि रु ५० लाख दिने निर्णय गरेको बताए । अन्य जिल्लालाई पनि सम्भावित ...