जाजरकोटमा दुवै गठबन्धनका बागीले फिर्ता लिए उम्मेदवारी

जाजरकोट : जाजरकोटमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार गोविन्दविक्रम शाहसमेत छन्। उनी एमाले नेता हुन्। यससँगै वाम गठबन्धनबाट उम्मेदवारी दिएका पूर्व गृहमन्त्री एवम् माओवादी नेता शक्ति बस्नतलाई केही सहज भएको छ। शाहले केन्द्रको निर्देश...

सम्बन्धित सामग्री

पार्टीको दबाबपछि त्रिविका बागीले फिर्ता लिए उम्मेदवारी

२ चैत, काठमाडौं । नेपाली कांग्रेसले त्रिभुवन विश्वविद्यालयमा बागी उम्मेदवारी दिएकालाई नाम फिर्ता गराएको छ । विष्णुबहादुर बडैलाको नेतृत्वमा बागी उठेकाहरुले बिहीबार नाम फिर्ता लिएका छन् । नेपाल विद्यार्थी संघले श्यामराज ओझालाई टिकट दिएपछि स्वतन्त्र समूह खडा गरि बडैलाले छुट्टै प्यानल बनाएका थिए । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोर सिंह राठोर, नेता […]

झाले फिर्ता लिए उम्मेदवारी, माधव नेपाललाई समर्थन

रौतहट : प्रतिनिधिसभा सदस्यका लागि जिल्लाको क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवारी दिएका रेवन्त झाले नेकपा एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपाललाई समर्थन गरेका छन्। झाले उम्मेदवारी फिर्ता लिँदै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालको समर्थन गरेको घोषणा गरेका छन्। उनले गौर नगरपालिकाका प्रमुख शम्भु साहको विशेष पहलमा आफू पुरानो घर फर्किएको प्रतिक्रिया दिए।विगतमा अध्यक्ष नेपालका निकटका सहयोगी झा मधेश आन्दोलनसँगै मधेशवादी दलमा लागेका थिए। यो क्षेत्र

बुर्लाकोटीले फिर्ता लिए उम्मेदवारी

चार मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् ।उनले सो क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवार हुने इच्छा व्यक्त गरे पनि पार्टीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए […]

बाँकेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज : प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवार छन्। बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन्। क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार…

झापामा १३९ जनाले फिर्ता लिए उम्मेदवारी

झापामा १३९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । स्थानीय तह निर्वाचनमा झापाको १५ वटा स्थानीय तहको १३१ वटा वडामा उम्मेदवारी दिएका मध्ये १३९ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन...

माओवादीका बागी अमानसिंह तामाङले फिर्ता लिए उम्मेदवारी

सिन्धुपाल्चोक – साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रका आधिकारिक उम्मेदरविरुद्ध दिएको बागी बनेका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिएका छन्। अघिल्लो स्थानीय चुनावमा प्रमुख जितेका तामाङले फेरि प्रमुख हुने आकांक्षा राखे पनि माओवादीले कृष्णप्रसाद सापकोटालाई आधिकारिक उम्मेदवारी बनाएपछि उनले बागी दिएका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेर आग्रह गरेपछि तामाङले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन्। […]

चौरजहारीमा वडा अध्यक्षका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

१६ वैशाख, चौरजहारी । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएका बीरबहादुर गिरीले उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार इन्द्रे गिरी लगायतलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने दिन हो । उम्मेदवारी […]

५७ जनाले फिर्ता लिए उम्मेदवारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आइतबार दिउँसो १ बजेसम्म निर्धारण गरिएको थियो । फिर्ता लिनेमध्ये सभापति पदका उम्मेदवार युवराज न्यौपाने, सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलगायत सदस्य रहेका समितिले जनाएको छ ।यसैगरी सदस्यहरुमा जङ्गीलाल राय, सञ्जयकुमार यादव, […]

सहमहामन्त्रीमा रञ्जितले फिर्ता लिए उम्मेदवारी, रामकृष्णलाई समर्थन गर्ने

२६ मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसको जारी महाधिवेशनमा मधेशीतर्फ सह-महामन्त्रीका उम्मेदवार रञ्जित कर्णले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार साँझ कर्णले उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । डा. शेखर कोइराला प्यानलका मधेशीतर्फको सह महामन्त्रीका उम्मेदवार रामकृष्ण यादवलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् । उम्मेदवारी फिर्ता लिने समय आइतबार […]

मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गतको निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । संस्थापन पक्षका नेता विश्वकर्माले प्यानल बाहिरबाट स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गराएका दिए । उनको उम्मेदवारी फिर्ता भएको पुष्टि कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । उम्मेदवारी फिर्ताका लागि ११ बजेसम्मको समय छुट्ट्याइएकोमा डेढ घण्टा थप भएको छ । हालसम्म २७ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।