एमालेको विरोधका बीच राष्ट्रिय सभामा बजेट पेश

नेकपा एमालेको विरोधका बीच राष्ट्रिय सभा बैठकमा विनियोजन विधयेक पेश भएको छ ।  बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।मंगलबार बसेको पहिलो बैठकमा एमालेका सांसदहरूले अवरोध सृजना गरेका थिए । त्यसपछि बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको थियो । दोस्रो बैठकमा पनि एमाले सांसदले बैठक चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए । बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ । सो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि छलफल हुने छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरिसकेको छ ।  एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । राष्ट्रिय सभाले पारित गरेपछि पुन: यो विधयेक प्रतिनिधिसभामा आउंछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र सरकारलाई बजेट खर्च गर्ने बाटो खुला हुन्छ । बजेट पारित हुन नसकेपछि सरकार खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ ।

सम्बन्धित सामग्री

संसद्को बजेट बढाउन प्रधानमन्त्री भेट्दै सभामुख र राष्ट्रिय सभा अध्यक्ष

बजेट अभावले संसद् सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै सभामुख र राष्ट्रिय सभा अध्यक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराउने भएका छन् ।  संसद् सचिवालयकाअनुसार शुक्रबार दिउँसो दुई बजे सभामुख देवराज...

चितवन राष्ट्रिय निकुञ्जलाई आम्दानीको २१ प्रतिशत मात्र बजेट

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा आम्दानीको २१ प्रतिशत मात्र बजेट आएको हो।...

सरकारले राष्ट्रिय गौरवको आयोजनामा बजेट सुनिश्चत गरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले राष्ट्रिय गौरवको आयोजनामा बजेट सुनिश्चत गरेको बताएका छन् ।

राष्ट्रिय विभूति अरनिकोको मूर्ति निर्माणमा बजेट अभाव

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको मूर्ति निर्माण सुरु गरेकामा बजेट अभावका कारण रोकिएको छ । रु ५० लाख बजेट भए मूर्ति निर्माणको काम सकिने बताइएको छ । प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा कुलपति कान्छाकुमार कर्माचार्यले १० वर्षअघि रु ५० लाख बजेटमा निर्माण सुरु गरेको मूर्ति ७५ प्रतिशत काम सकिएर अलपत्र बनेको बताउनुभयो । …

नवौँ राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट

काठमाडौँ – सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि रु ६० करोड बजेट छुट्याएको छ। आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि रु ६० करोड छुट्याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले बताए। उनले उक्त रकम तीन पटक गरेर लिनेसमेत […]

नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट स्वीकृत

नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट स्वीकृत भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका हुन् ।यसअघि तीन पटक प्रतियोगिता सरेको थियो । प्रतियोगिताको मिति सरे पनि सरकारले बजेट घटाएको छैन । नवौं राष्ट्रिय खेलकुद मुल आयोजक कमिटी बैठकमा सदस्य सचिव घिसिङले बनाए । घिसिङले माग गरे वापतको बजेट स्वीकृत भएको बताए ।‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरे पनि बजेट भने घ

आगामी तीन वर्षमा राष्ट्रिय गौरवका आयोजनालाई पौने ४ खर्ब बजेट

२३ असार, काठमाडौं । नेपालमा राष्ट्रिय गौरवका रुपमा घोषित दुई दर्जन आयोजनाले आगामी तीन आर्थिक वर्षका लागि पौने ४ खर्ब रुपैयाँ बजेट पाउने भएका छन् । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यमकालीन खर्च संरचना प्रतिवेदन अनुसार राष्ट्रिय गौरवका यी आयोजनाले ३ खर्ब ८३ अर्ब ४ करोड ६२ लाख रुपैयाँ बजेट प्राप्त गर्नेछन् । आयोगका अनुसार […]

राष्ट्रिय सभाबाट बजेट आश्रित तीन वटै विधेयक पारित

१७ असार, काठमाडौं । राष्ट्रिय सभाले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो । यी तीन वटै विधेयक असार ६ गते प्रतिनिधिसभाले पारित गरेर […]

राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरुमा बजेट विनियोजन नहुने

सरकारले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरुमा बजेट विनियोजन नगर्ने भएको छ । मंगलबार संघीय संसदको दुवै सदनको बैठकमा सरकारको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वतयारी नभएका र आयोजना बैंकमा प्रविष्ट भइ राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नहुने बताएकी हुन् ।उनले सार्वजनिक खरिद सम्बन्धी कानूनलाई पनि सुधार गरिने बताइन् । तीनै तहको बजेट कार्यान्वयनमा वित्तिय अनुशासन कायम गरिने उनले उल्लेख गरिन् । त्यसैगरी

राष्ट्रिय योजना आयोगका नौ पूर्वउपाध्यक्षले भनेः वितरणमुखी र पूर्ण बजेट नल्याऊ

राष्ट्रिय योजना आयोगका नौ पूर्व उपाध्यक्षले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी गरेका छन्।...