राष्ट्रिय विभूति अरनिकोको मूर्ति निर्माणमा बजेट अभाव

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको मूर्ति निर्माण सुरु गरेकामा बजेट अभावका कारण रोकिएको छ । रु ५० लाख बजेट भए मूर्ति निर्माणको काम सकिने बताइएको छ । प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा कुलपति कान्छाकुमार कर्माचार्यले १० वर्षअघि रु ५० लाख बजेटमा निर्माण सुरु गरेको मूर्ति ७५ प्रतिशत काम सकिएर अलपत्र बनेको बताउनुभयो । …