काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी मंसिर २७ गते अपराह्न २ बजे रजिष्टर्ड कार्यालय धुम्बाराही, काठमाडौंमा साधारणसभा बोलाएको हो । सभाको विविध प्रस्तावमा आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, चालू आर्थिक वर्ष (आव) २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।