काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा भदौ १३ गते गर्ने भएको छ । कम्पनी साउन २१ गते बसेको सञ्चालक समिति बैठकले होटल हार्दिक, बागबजार काठमाडौंमा उक्त दिन बिहान ८ः३० बजे साधारण सभा शुरु गर्ने जानकारी दिएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।