काठमाडौं । आरकेडी होल्डिंग्स लिमिटेडले यही चैत २५ गते शनिवार वार्षिक साधारण सभा बोलाएको छ ।
गत चैत २ गते बसेको सञ्चालक समिति बैठकले ह्वाइट हाउस सेरेन प्यालेस सिर्जनाचोक, पोखरामा उक्त दिन विहान १० बजेदेखि साधारण सभा शुरु गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, आव २०७८/ ०७९ को लेखापरिक्षको प्रतिवेदन अनुमोदन गर्ने,आव २०७९/ ०८० का लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने छ ।
यसैगरी सभाको विशेष प्रस्तावमा पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने तथा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति लिने रहेको छ । कास्कीको पोखरा उपमहानगरपालिका - ८ मा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले लगानी तथा पूर्वाधारका क्षेत्रमा काम गर्दै आएको छ ।