असार ९, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३१ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ ।
कम्पनीले आफ्नै केन्द्रीय कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेका लागि सभा बोलाएको हो ।
सभाले हाल कायम जारीपूँजीको ३० प्रतिशतले हुन आउने शेयर रकमको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, यस कम्पनी र अन्य कुनै लघुवित्त एक आपसमाा गाभ्ने/ गाभिने र प्राप्ति हुने कार्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।
सभाको अन्य प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने पनि रहेको छ ।
कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।