माविलुङ्ग ईनर्जीको वार्षिक साधारण सभा मङ्सिर २१ गते, आईपीओ निष्कासन गर्ने प्रस्ताव

काठमाडौं । माविलुङ्ग ईनर्जी लिमिटेडले वार्षिक साधारण सभा मङ्सिर २१ गते गर्ने भएको छ । सभा कम्पनीको कार्यालय कुपन्डोल ललितपुरमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

सम्बन्धित सामग्री

झापा इनर्जीको वार्षिक साधारण सभा माघ २३ मा , आईपीओ निष्कासन गर्ने प्रस्ताव

काठमाडौं । झापा इनर्जी लिमिटेडले पाँचौ वार्षिक साधारण सभा माघ २३ गते गर्ने भएको छ । सभा परियोजना स्थल शिवसताक्षी ४ बुलचोक झापामा बिहान १० बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।  सभाले आयोजना प्रभावित स्थानियबासी र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सन नेपाल लाइफले आईपीओ निष्कासन गर्न बोलायो साधारण सभा

काठमाडौं, ४ साउन । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा हुने भएको छ । इन्स्योरेन्सको कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट साउन २५ गते सभा हुने भएको हो । कम्पनीको सभाले आईपीओ निष्कासनको प्रस्ताव गर्ने जनाइएको छ । यसको साथै ०७५/७६ को वार्षिक प्रतिवेदन वित्तीय विवरण र आर्थिक वर्ष ०७६÷७७ को वर्तमान लेखा परीक्षकलाई […]