नेपाली काँग्रेस खोटाङ जिल्ला कार्य समितिमा पूर्व पार्टी सभापति एवं महासमिति सदस्य विष्णुकुमार राईको सिङ्गो समूह विजयी भएको छ । जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिका लागि सदरमुकाम दिक्तेलमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट सभापतिमा राईसहित उनको प्यानल नै विजयी भएको हो ।जिल्ला निर्वाचनको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार १ हजार ३ सय २२ मत खसेकोमा राईले ६६९ मत प्राप्त गरेर सभापतिमा विजयी भएका हुन् । सभापतिका अर्का प्रतिस्पर्धी पूर्व राज्यमन्त्री सर्वधन राईको सिङ्गो प्यानल पराजित भएको