गुल्मीको मदाने–६ मा वडा अध्यक्षमा मनिराम थापासहित गठबन्धनको प्यानल नै विजयी

गुल्मी– गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली काँग्रेस उम्मेदवार मनिराम थापासहित गठबन्धनको प्यानल नै विजयी भएको छ । मदाने–६ मा गठबन्धनका तर्फबाट वडा अध्यक्षका उम्मेदवार मनिराम थापाले ९६२ मत ल्याएर विजयी भएका छन् । उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार लोकहरि कुँवरले ९०३ मत प्राप्त गरे । मदाने–६ मा गठबन्धनको प्यानल नै […]

सम्बन्धित सामग्री

काठमाडौँ महानगरपालिका २ मा एमालेका श्रेष्ठसहितको प्यानल विजयी

काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर-२ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठसहितको प्यानल विजयी भएको छ। अध्यक्षमा विजयी श्रेष्ठले १ हजार ३७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार सूर्य लामा महर्जनले ९२७ मत प्राप्त गरेका छन्।

आफ्नो वडामा प्यानल नै विजयी भएपछि विजय जुलुसमा सहभागी भए लिङदेन

काठमाडौं– झापाको हल्दिबारी–१ मा वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका देवी बहादुर थापा विजयी भएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको वडा समेत रहेको हल्दिबारी–१ मा राप्रपाको प्यानल नै विजयी भएको हो । प्यानल विजयी भएपछि राप्रपा अध्यक्ष लिङदेन विजयी जुलुसमा सहभागी समेत भएका छन् ।

गौरादह १ मा एमालेको प्यानल विजयी

झापा : गौरादह नगरपालिका १ मा वडा अध्यक्षसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ।नेपाली कांग्रेसका इन्द्र गौतमलाई पराजित गर्दै एमालेबाट उम्मेदवार बनेका नगेन्द्र भण्डारी वडा अध्यक्षमा निर्वाचित भएका हुन्। भण्डारीले १९९३ र गौतमले १७३१ मत ल्याएका छन्।भण्डारी सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन्। त्यस्तै वडा सदस्यहरूमा एमालेका अन्जु निरौला, लक्ष्मी विक, केशर बहादुर खवास र जमुन राई निर्वाचित भएका छन् ।

चाँगुनारायण–१ मा कांग्रेस प्यानल विजयी

भक्तपुर :  चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ । वडा- १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी भएका हुन्।उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इश्वर थापाले एक हजार २१३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिए।त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पूजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी भएका छन्।

चाँगुनारायण–१ मा काँग्रेसको प्यानल विजयी

चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा काँग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी भएका छन् ।उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले एक हजार २१३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिइन् । त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी भएका छन् ।

तामाकोशी गाउँपालिका-१ मा एमालेको प्यानल विजयी

दोलखाको तामाकोशी गाउँपालिकाको वडा नम्बर १ (भिरकोट)मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । गठबन्धन र एमालेबीच रहेको चुनावी भिडन्तमा एमालेले जित हासिल गरेको हो ।उक्त वडाको अध्यक्षमा एमालेकातर्फबाट वसन्त थापा निर्वाचित भएका छन् । यस्तै, महिला वडा सदस्यतर्फ दर्गामाया कार्की, दलित महिला सदस्यतर्फ अम्बिका मिजार, वडा सदस्यतर्फ केशव बस्नेत र वडा सदस्यतर्फ सुन्दर केसी विजयी भएका छन् ।

बर्दियाको गुलरिया न.पा–१ मा कांग्रेस प्यानल विजयी

गुलरिया नगरपालिका-१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ। गुलरिया नगरपालिका-१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो।...

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका-१ मा माओवादी केन्द्रको प्यानल विजयी

ललितपुर :  कोञ्ज्योसोम गाउँपालिका-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ।वडा अध्यक्षमा सन्तलाल लामा विजयी भएका हुन्। गाउँपालिकामा भने अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। अध्यक्षमा एमालेले ५२२, गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारलाई ४५६ मत प्राप्त भएको छ। यस्तै उपाध्यक्षमा एमालेलाई ३४९ र गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारले ४२० प्राप्त गरेका छन्।

काठमाडौँको गोकर्णेश्वर वडा नम्बर १ मा एमाले विजयी

काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेका द्वारिका श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका राम मानन्धरलाई पराजित गर्दै उनले जित हात पारेका हुन् । वडा सदस्यहरुमा पनि एमालेको प्यानल नै विजयी भएको छ ।

अछामको रामारोशन गाउँपालिका १ मा माओवादीको प्यानल नै विजयी

काठमाडौं- अछामको रामारोशन गाउँपालिका १ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा साउदले पाँच सय १९ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका वडा अध्यक्ष उम्मेदवारले ३८० मत ल्याएका छन् भने एकीकृत समाजवादी र कांग्रेसका उम्मेदवारले १६८ मत मात्र ल्याएका छन्।