३ लाखमा खुलेको नाङ्लो फास्टफुडबाट हाल मासिक २ लाखभन्दा बढी आम्दानी

विराटनगर । विराटनगर–२ का ३८ वर्षीय ईश्वर बास्कोटाले तीन वर्ष अघि ३ लाख रुपैयाँमा सुरु गरेको खाजा घर अहिले नाङ्लो फास्टफुडमा परिणत भई मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ । पैसा कमाउनका लागि विदेश जानुपर्छ भन्ने सोच राख्ने युवालाई नेपालमै पनि पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् बास्कोटा ।विराटनगरको तिनपैनी चौक नपुग्दै सोमबारे हाट जाने मोडमा रहेको  नाङ्लो फास्टफुड सुरुमा एउटा सामान्य खाजा घरको रुपमा खुलेको थियो । त्यतिबेला खाजाको मुख्य आइटममा उनले मःमः लाई न

सम्बन्धित सामग्री

जग्गा भाडामा लिएर गरेको उखु खेतीबाट मासिक ५० हजारभन्दा धेरै आम्दानी

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले जग्गा भाडामा लिएर गरेको उखु खेतीबाट मासिक ५० हजारभन्दा धेरै आम्दानी गर्दैै आउनु भएको छ । वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका रानाले टे«न्च प्रविधिमा उखु खेती गरी यस्तो आम्दानी गर्नु भएको हो । उहाँले चार बिघा जमिन भाडामा लिएर उखु खेती गर्नुभएको छ ।  ‘पाँच बिघा जग्गामध्ये एक बिघा जग्गा मेरो स्वामित्वको हो,’ उहाँले भन्नुभयो, ‘एक बिघा जग्गामा धान र गहुँ लगायतका बाली लगाउँछु, चार बिघा जग्गा लिज...

फोहोरबाट मासिक ३५ हजार आम्दानी

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा दैनिक निस्किने फोहोरलाई निर्मलीकरण गरेर पुनः प्रयोगमा आउनेलाई बेच्दा मासिक ३५ हजार रुपैया आम्दानी हुने गरेको छ। दैनिक दुई सय ५० किलो फोहोर संकलन हुने भेरीमा फोहोर निर्मलीकरण गर्नका लागि २६ लाख र करिव चार लाखका दुई वटा मेसिन छन् । जीआइजेडले दिएको २६ लाखको निर्मलीकरण मेसिन अटोमेटिक हो। अस्पतालले […]

गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन् काठमाडौँको रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक रु १० लाख आम्दानी गर्दै आएका छन् । पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ […]

काठमाडौँमै गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी

काठमाडौँ,१४ मँसिर । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक रु १० लाख आम्दानी गर्दै आउनुभएको हो । पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं […]

भैँसीपालनबाट मासिक लाखौँ आम्दानी

सुर्खेत वीरेन्द्र नगरपालिका–१२, सगरमाथा टोलकी ३२ वर्षीया वसन्तीकुमारी अधिकारी भैँसीपालन व्यवसाय गरेर मासिक लाखौँ कमाउँछिन् । बर्दिया भुरिगाउँ माइतीघर भएकी उनका श्रीमान् नेपाल सैनिकमा जागिरे थिए । श्रीमान्को कमाइले परिवार पाल्न निकै...

अमेरिकामा २५७६० डलर भन्दा कम आम्दानी हुनेलाई इन्टरनेटमा मासिक ३० डलर छुट

अमेरिकामा  २५७६० डलर भन्दा कम आम्दानी हुनेलाई इन्टरनेटमा मासिक ३० डलर छुट हुने कार्यक्रम रहेको छ ।  संसदले १४ बिलियन डलरको यो कार्यक्रम ल्याएको हो । सामान्यतया इन्टरनेटका लागि मासिक ६० डलर तिर्नुपर्छ । महिनाको ३० डलर सहायताका लागि योग्य परिवारले ल्यापटप, डेस्कटप वा ट्याबलेटमा एकपटकमात्र १ सय डलरसम्मको छुट प्राप्त गर्न सक्नेछन् । तर […]

टर्कीपालनबाट मासिक डेढ लाख आम्दानी

गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गरेका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत गरेका हुन् । सो कम्पनीमा नौ हजार ५०० रियल अर्थात् नेपाली झण्डै रु तीन लाख मासिक कमाई गर्दै आएका उनले विसं २०७७ वैशाखदेखि पालुङटारस्थित आफ्नै घरमा आएर टर्कीपालन व्यवसाय सुरु गरेका हुन्। “मैले अल्मराई कम्पनीमा सँगै कार्यरत साथी मिठु सार्कीलाई भैरहवामा भेट्न जाँदा सा

भैँसीपालनबाट मासिक एक लाख आम्दानी

सल्यान : बनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलका प्रमेश केसीले भैँसीपालनबाट मनग्य आम्दानी आम्दानी गर्दै आइरहेका छन्। उनले फर्म नै दर्ता गरेर भैँसी पालेका छन्। उनको फर्ममा रहेका आठ वटा दुहुना भैँसीले दैनिक ७० लिटर दुध दिने गरेको छ। दुध प्रतिलिटर ६० रुपैयाँमा बिक्री भइरहेको प्रमेशले बताए। उनको फर्ममा दुईजनाले रोजगारी पाएका छन्। प्रमेशले भैँसीसँगै कुखुरापालन पनि गर्दै आइरहेका छन्। ब्रोइलर जातका कुखुरापालनबाट उनले वार्षिक ८ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी

सर्लाहीका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका हुन् ।   पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किएका वाग्मती नगरपालिका–१० शङ्करपुरका उनले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिए ।  तीन वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आएका उनले गत वर्षदेखि बीउ उत्पादन गर्न शुरु गरेका हुन् । दुई सय ५० ग्रामको दैनिक एक हजार प्याकेट बीउ उ...