जिल्ला समन्यव समिति (जिसस) अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवारले मात्रै मनोनयन दर्ता गरेपछि निर्विरोध भएका छन् । जिल्लाका ६ स्थानीय तहको १२ पदमध्ये कांग्रेससहितको ५ दलीय गठबन्धन ४ पदमा मात्रै विजयी भएपछि उनीहरूले उम्मेदवारी दर्ता गरेनन् । स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले जिसस नेतृत्व चुन्ने व्यवस्था रहेको छ । वडा सदस्यमा निर्वाचित सदस्य मात्रै उम्मेदवार हुन पाउँछ ।