चिकित्सा शिक्षा सुधार अभियानमा लागेका डा. गोविन्द केसीको ११ औं पटकको आमरण अनशन २३ औं दिन मंगलबार स्थगित भएको छ । सरकारसँग सम्झौता नभए पनि बाढी–पहिरोको विपत्तिमा सबै पक्षको ध्यान केन्द्रित हुनुपर्ने अवस्थामा आफ्नो कारण बाधा नहोस् भनी उनले अनशन स्थगन गरेका हुन् ।