उत्तर कोरियाका शासक किम जोङ उन दुब्लाएका तस्वीर सार्वजनिक भएका छन् ।
विभिन्न कडा नियम लागू गरेर चर्चामा आउने किम हालै सत्तारुड वर्कर्स पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका तस्वीर सार्वजनिक भएका छन्, जसमा उन दुब्लाएका देखिएका छन् ।
कोरियन सेन्ट्रल न्युज एजेन्सीले २८ डिसेम्बर २०२१ मा नयाँ तस्वीर सार्वजनिक गरेको छ । उनको नयाँ फोटोमा अनुहार समेत दुब्लाएको देखिएको छ ।
सरकारी अधिकारीले देशमा खानाको कमीका कारणले उनले कम खाना खाइरहेका र अवस्था सामान्य नहुँदासम्म आमनागरिकलाई समेत कम खाना खान अपिल गरिएको जनाएका छ...