धनगढीमा ग्रेडरले च्यापेर बिहीबार बिहान एक बालिकाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनबाट शान्ति सुरक्षा अवस्था बिग्रिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।