कैलाली – कैलालीको धनगढीमा ग्रेडरले किच्दा एक बालिकाकाे ज्यान गएपछि उत्पन्न भएकाे तनावलाई नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको छ । धनगढी उपमहानगरपालिका ५ हसनपुर–पिपल चौतारा सडक खण्डमा आज बिहीवार बिहान कालिका कन्ट्रक्शनको ग्रेडरले किच्दा १५ वर्षीया चेतना साउदको ज्यान गएको थियाे । पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा कक्षा ८ मा पढ्ने बालिका साउदको घटनास्थलमै ज्यान गएको हाे । साउद साइकलमा विद्यालय जाँदै गर्दा सडकको लेभल मिलाउँदै गरेको अवस्थामा 'ब्याक' गर्ने क्रममा ग्रेडरले ठक्कर दि...