१६ साउन, काठमाडौं । पछिल्लो ५ वर्षमा सरकारी छात्रवृत्तिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीमध्ये सबैभन्दा धेरै पाकिस्तान गएको पाइएको छ । विभिन्न देशले नेपाल सरकारमार्फत नेपाली विद्यार्थीलाई स्नातकदेखि अनुसन्धान तहसम्म छात्रवृत्ति दिँदै आएको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन माग गरेर योग्यता पुगेका विद्यार्थी छनोट गरी सिफारिस दिने गरेको छ । […]