चीन सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न जानका लागि आवेदन माग गरिएको छ। चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी)मा शैक्षिक शत्र २०२४–०२५ का लागि छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी पठाउन आवेदन माग गरिएको हो।
सीटीईभीटीले विद्यार्थी भर्ना सुरु गरेको छ । तर चिकित्सा शिक्षा आयोगले सिट निर्धारण नभएको भन्दै सीटीईभीटी अन्तर्गतका कलेजमा मेडिकल शिक्षा सम्बन्धीका कक्षामा भर्ना नहुनु सूचना निकालेको छ । जसले गर्दा विद्यार्थी अन्योलमा छन् ।
२० मंसिर, काठमाडौं । स्वास्थ्य विज्ञान शिक्षालय संघ (एएसआइए)ले चिकित्सा शिक्षा आयोगले समयमा विद्यार्थी नपठाउँदा पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालन भइरहेको शिक्षण संस्थाहरुले विद्यार्थी नपाएको जनाएको छ । पुर्वाञ्चाल विश्वविद्यालयबाट सम्बन्धन लिई देशभर प्यारामेडिक्स तर्फका कार्यक्रम सञ्चालन गरिरहेको कलेजहरुको छाता संगठन स्वास्थ्य विज्ञान शिक्षालय संघ (एएसआइए) ले आयोगबाट विकृति, विसंगती तथा ढिलासुस्तीको कारण आफुहरुले विद्यार्थी […]
एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थीले मात्र चिकित्सा शिक्षा पढ्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ संशोधन गर्दै एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्र चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था गरेको हो।
भक्तपुर । संयुक्त विद्यार्थी सङ्गठनले विभिन्न तीन बुँदे माग राख्दै चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाएका छन् । भक्तपुरको सानोठिमीस्थित आयोगको कार्यालयमा आज सात विद्यार्थी सङ्गठनले संयुक्तरूपमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूका अध्यक्ष सुनिता बरालले भनिन्,’चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क असुल्ने मणिपाल मेडिकल कलेज, सिएमसी मेडिकल कलेज, किष्ट मेडिकल […]
२७ असोज, काठमाडौं । विदेशबाट चिकित्सा शिक्षा अध्ययन गर्न चार सय विद्यार्थी नेपाल आएका छन् । चिकित्सा शिक्षा आयोगका अनुसार यो शैक्षिक सत्रमा मात्रै चार सय विद्यार्थी नेपाल आएका हुन् । उनीहरु चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन गर्न नेपाल आएको आयोगका उप सचिव सेमन्तराज शर्माले बताए । शर्माका अनुसार यो वर्ष भारतबाट मात्रै चिकित्सा शिक्षा […]
काठमाडौँ– चिकित्सा शिक्षा आयोगले पहिलो पटक लिएको स्नातक तहतर्फको एकीकृत प्रवेश परीक्षामा असन्तुष्ट जनाउँदै कलेज सञ्चालकहरूले चिकित्सा शिक्षा आयोगलाई चाबी बुझाएका छन । निजी स्तरबाट सञ्चालित कलेजहरूलाई बन्द गर्ने सुनियोजित ढंगबाट आयोगले निर्धारित सीट संख्याभन्दा पनि कम विद्यार्थी उर्तीण गराएको उनीहरूको आरोप छ । चिकित्सा शिक्षा र नियमावलीमा कतै पनि प्रवेश परीक्षामा उर्तीण प्रतिशत उल्लेख […]