माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमाले सच्चिएर आए नयाँ ढंगले जान सकिने बताएका छन् । एक पटकको प्रतिगामी शक्ति सधैँ प्रतिगामी हुन नसक्ने भन्दै सच्चिएर आएमा सहकार्य गर्न सकिने नेता श्रेष्ठको भनाइ छ । बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता श्रेष्ठले वामपन्थी दलबीच फेरि सहकार्य हुन सक्ने संकेत गर्दै एक पटकको प्रतिगामी सधैं प्रतिगामी नै हुन्छ भन्न नसकिने बताएका हुन् । निश्चित रुपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिजो गल्ती गर्यो, २–२ पटक प्रतिनिधिसभा विघटन गर्न