माओवादीमा ‘नोट अफ डिसेन्ट’ : रातारात एमसिसी पास गर्नुको रहस्य के छ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका तीनजना नेताहरूले पार्टीको अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिने निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ राखेका छन्। माओवादी नेता लीलामणि पोखरेल, देव गुरुङ र कृष्णबहादुर महराले संसद्‍बाट एमसिसी रातारात नोकरशाही ढंगले अनुमोदन गरिएको भन्दै फरक धारणा राखेका हुन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा पूर्व-स्थायी कमिटी सदस्य बोलाएर पार्टीलाई एमसिसीको पक्षमा उभ्याउने निर्णय गरेका थिए। त्यस बेलामा पनि नारायणकाजी श्रेष्ठ