नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फासीवादको अभ्यास गरिरहेको आरोप लगाएका छन् ।
संविधान अनुसार हुने चुनावको पक्षमा रहेपनि संविधानलाई घात गर्न घोषणा गरिएको चुनाव स्वीकार नगर्ने उनले बताए ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल समूह)ले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले ओलीले नेपालमा फासीवादको अभ्यास गरिरहेको आरोप लगाएका हुन् ।
‘विश्वमा अहिले दुई ढंगले फासीवाद लागू हुँदैछ । संविधानलाई औपचार...