अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संसद पुनर्स्थापना, राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा तथा संघीयताको खारेजीका लागि संघर्ष अघि बढाउन जिल्लाका ६ वटै पालिकामा भेला गरेको छ ।
अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव रेग्मी, राजमो नेता शेरबहादुर विसी र केन्द्रीय सदस्य झविलाल थापासहित जिल्ला नेताहरुको नेतृत्वमा अर्घाखाँचीका ६ वटै पालिकामा अगुवा कार्यकर्ता भेला गरि माघ महिनाभर संसद पुनर्स्थापनाको पक्षमा संघर्ष चलाउने निर्णय भएको राजमो जिल्ला अध्यक्ष थम्मन केसीले जानकारी दिनुभएको छ ।
आज भूमिकास्थानको पोखेडाँडामा सम्पन्न भेलालाई किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, राजमो केन्द्रीय सदस्य झविलाल थापा, जिल्ला सचिव बाबुराम पन्थी लगायतले सम्बोधन गर्दै सरकारको संसद विघटनको कदम नेपाली जनतालाई स्वीकार्य नहुने बताउनुभएको थियो ।
नगर अध्यक्ष टेकबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष कविराम खनालको स्वागत मन्तव्य र हिमलाल बन्जाडेको सञ्चालनमा सम्पन्न भेलाले भोलिदेखि माघ १७ गतेसम्म १० वटै वडामा पार्टीको अभियान संचालन गर्ने निर्णय गरेको छ । कार्यक्रममा राजमोबाट निर्वाचित वडाध्यक्षहरु, अनेमसंघका महासचिव सकुन्तला राना, जनजाती सममेलन महासचिव उषा पुन, अखिल (छैठौं)का केन्द्रीय सचिव गोपाल प्रसाद भट्टराई, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष जितेन्द्र खत्री लगायतको अतिथ्यता रहेको थियो ।
उता नगर अध्यक्ष गोविन्द थापाको अध्यक्षता, नेत्र वेल्वासेको स्वागत मन्तव्य र बिष्णु आचार्यको संचालनमा सम्पन्न शितगंगा नगर भेलाले भोलिदेखि माघ २६ गतेसम्म शितगंगाका १४ वटै वडामा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । भेलामा राजमो नेता शेरबहादुर विसी, जिल्ला उपाध्यक्ष गोपाल पौडेल र जोगबहादुर सारुले मन्तव्य राख्दै राष्ट्र र राष्ट्रियताको पक्षमा यो दल उ दल नभनी संघष गर्न आम जनतालाई आग्रह गर्नुभएको छ ।
यता नगर अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता, राजेन्द्र नेपालीको स्वागत मन्तब्य र रुद्र पराजुलीको सन्चालनमा सम्पन्न सन्धिखर्क नगरस्तरीय भेलालाई सम्बोधन गर्दै राजमो जिल्ला अध्यक्ष थम्मन केसीले संसद विघटन भएसँगै नेपालमा विदेशी शक्ति केन्द्रहरुको चलखेख बढेको भन्दै चनाखो हुन आम जनतालाई अपिल गर्नुभएको छ ।
अहिलेको अवस्थामा संसद विघटन देश र जनताको हित विपरित रहेको उल्लेख गर्दै अध्यक्ष केसीले पछिल्लो राजनीतिक घट्नाक्रम विदेशी शक्ति ...