काठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचन आचारसंहिताप्रति असन्तुष्टि जनाएका छन्। वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने शर्त व्यवहारिक नभएको भन्दै उनी असन्तुष्टि जनाएका हुन्।उनले सामाजिक सञ्जालमार्फत पालिका अध्यक्ष वा मेयरहरुले चुनावमा जानुअघि पद खाली गरि जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन भन्दै प्रश्नसमेत गरेका छन्।उनले लेखेका छन्, प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन।