मुलुकमा अहिले चुनावका सम्बन्धमा बहस भइरहेको छ । राजनीतिक दलहरु खासगरी सत्तारुढ गठबन्धनभित्रै स्थानीय तहको निर्वाचनबारे मतैक्यता देखिएको छैन । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि सरकारलाई आफ्नो सुझाव दिइसकेको छ । तर, सत्तारुढ गठबन्धनमा रहेका दलहरुमा चुनावबारे आ–आफ्नै विचार छन् ।स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने या प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि स्थानीय तहको निर्वाचनमा जाने भन्नेबारे दलहरुबीच आ–आफ्नै तर्क देखिएका छन् । यसै विषयमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेता त