सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । सिँचाइको अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको ढिलाइलगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र भीमदत्तनगर निमित्त प्रमुख रामचन्द्र भट्टले यस वर्ष कञ्चनपुरमा ४८ हजार ८९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको बताए ।
उनले यहाँ किसानले लगाएको गरिमा जातको धान नफलेकाले पनि उत्पादन घट्ने बताए ।