पर्वत : लगातारको वर्षाका कारण पर्वतमा यस वर्ष जिल्लामा धान उत्पादनमा कमी आउन सक्ने देखिएको छ।वार्षिक झण्डै २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेकोमा वर्षाको प्रभावले यस वर्ष केही कम हुन सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताइन्।असारको सुरुवातमै रोकिएको धानमा बाला लागिसकेको भए पनि वर्षाको अभावले ढिला गरी रोपिएको ठाउँमा धानको फुल लाग्ने बेला वर्षाले असर गर्ने उनले बताइन्।भारी वर्षा हुँदा धानमा लागेको फुल झर्दा परागसेचन हुन नपाउने तथा बाला लागिसकेको धान ढलेर पानीमा