बुटवल । बुटवलमा पुस ७ गतेदेखि सञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मंगलबार समापन भएको छ । बुटवल मण्डपमा भएको प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएका छन् ।
महोत्सव आयोजना मुल समितिका सदस्यसचिव हरिबहादुर खत्रीले प्रदर्शनीमा करिव ७ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएकोमा अनुमान गरेभन्दा अत्यधिक दर्शक आएको तथा आर्थिक कारोबार पनि उत्साहजनक भएको बताए ।
समापन कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री लिला गिरीले प्रदर्शनीले खस्कदो आर्थिक अवस्था चलायमान बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमका विशिष्ठ अतिथि नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण...