राष्ट्र समृद्धिको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने मूल नाराका साथ १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । यही पुस १३ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डपमा फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरूको राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको हो ।