रातो मछिन्द्रनाथको गुठीलाई पशुपतिनाथको गुठी पछिको नेपालको दोस्रो धेरै सम्पति भएको गुठी मानिए पनि गुठीका नाममा कति सम्पत्ति छ भन्ने अहिलेसम्म यकिन हुनसकेको छैन । गुठीको जग्गा संरक्षण र रातो मछिन्द्रनाथको जात्रा सञ्चालनको जिम्मेवार निकाय गुठी संस्थान ललितपुर शाखा यसबारे अनभिज्ञ छ । जिल्लाका साविक ४१ गाविसमध्ये आधा भन्दा बढी र साविक ललितपुर उपमहानगरपालिकाका कतिपय…