नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सबै केन्द्रीय सदस्यको सम्पति विवरण मागेको छ। गत चैतमा बसेको साताव्यापी केन्द्रीय समिति बैठकपछि विप्लवद्वारा जारी गरिएको सर्कुलरमा सबै केन्द्रीय सदस्यले पार्टीलाई सम्पति बुझाउन भनिएको छ । सर्कुलरमा पार्टीका ७९ जना केन्द्रीय सदस्यले आफ्नो नाममा भएको नगद र जिन्सी सबै जोडेर सम्पति विवरण बुझाउन निर्देशन दिइएको हो। त्यस्तै पार्टीभित्र आर्थिक अराजकता निम्त्याउने, हिनामिना गर्ने र पार्टी नेतृत्वको दुरुपयोग गर्ने प्रवृत्ति, पात