चर्चित गजल 'नबिर्से तिमीलाई'मा रचना रिमालको स्वर [भिडियो]

चर्चित गजल गीत नर्बिसे तिमीलाई लाई पुनः रेकर्ड गरेर बजारमा ल्याइएको छ । पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले चर्चित गजल नबिर्से तिमीलाई गाएकी छन् ।  अन्जु पन्तको स्वरमा सजिएको यो गीतलाई अहिले गायिका रिमालले गाएकी हुन् । नेपाली गजल इतिहासमै सफल गजलको रुपमा चर्चित यो गजल गजलकार विपिन किरणले रचेका हुन् ।  यस्तै महेश खड्काले यस गजलमा संगीत भरेका छन् ।

सम्बन्धित सामग्री

गोकर्णेश्वरले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने

काठमाडौँ – साहित्यिक क्षेत्रको विकास विस्तारका लागि निरन्तर उदाहरणीय कार्य गर्दै आएको काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताका लागि उपलब्ध रचना विज्ञ समूहद्वारा मूल्याङ्कन गराई ४० वटा रचनाको वाचन तथा गायनमा छनोट गरिनेछ । प्रतियोगितामा […]

राजेशपायलको गजल सार्वजनिक

पत्रकार डब्बु क्षत्रीको रचना तथा गायक राजेशपायल राईको स्वरमा सावनको भेलजस्तो बोलको गजल म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गायक राईले पहिलोपटक गजल गाएका हुन्। गजल क्षत्रीको झरी गीति गजल संग्रहमा संगृहित छ। गजलमा संगीत र संगीत संयोजन जुगल डंगोलको रहेको छ। प्रवीण भुसाल र सरिता भारतीको अभिनय रहेको गजलको भिडियोमा सुवास बुढाथोकीको कोरियोग्राफी, टंक केसी […]

बहरका गजलको एल्बम ‘शुभेच्छा’ सार्वजनिक

काठमाडौं :  घनेन्द्र ओझाका रचना र सन्तोष श्रेष्ठको संगीत रहेको गजल एल्बम ‘शुभेच्छा’ सार्वजनिक गरिएको छ।१५७औँ मोतीजयन्तीको अवसरमा अनाममण्डलीले शनिबार आयोजना गरेको कार्यक्रममा एल्बम लोकार्पण गरिएको हो।गजलकार करुण थापाले नेपाली गजल संगीतमा आउने क्रम क्रमशः बढिरहेको भन्दै घनेन्द्रले बहरका मात्र गजलहरूको एल्बम तयार पारेर नेपाली गजल क्षेत्रमा उल्लेख्य कार्य गरेको बताए। नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले एल्बम प्रकाशन सराहनीय कदम रहेको बताए।पूर्व

गजल प्रतियोगिता हुने, प्रथमलाई ४० हजार

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषद् भक्तपुरले गजल प्रतियोगिता गर्ने भएको छ । अनाम मण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्यमा हुन लागेको प्रतियोगिताका लागि साउन २० सम्म रचना पठाउन भनिएको छ । गजल प्रतियोगितामा प्रथमलाई ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार तथा सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

‘सायरी र गजल’ हटाउँदै ट्राफिक प्रहरी

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएका अश्लिल गाली र कानून विपरितका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने र मेट्ने अभियान थालेको छ ।  सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान अन्यत्र मोडिएर दुर्घटना हुने गरेको पाइएपछि ट्राफिक प्रहरीले त्यस्ता सायरी र गजल हटाउन थालेको हो । नेपालको कानून विपरीत महिला, बालबालिका, सीमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर

‘न बिर्सें तिमीलाई’को ‘रचना भर्सन’मा उल्लेख गरियो अञ्जु र जगदीशको नाम

२७ माघ, काठमाडौं । गीतकार विपिन किरणले गजल ‘न बिर्सें तिमीलाई’को रचना भर्सनको भिडियोको विवरणमा गायिका अञ्जु पन्त र गायक जगदीश समालको नाम उल्लेख गरेका छन् । चर्चित गीत ‘न बिर्सें तिमीलाई’केही दिनअघि रचना रिमालको स्वरमा नयाँ भर्सन सार्वजनिक गरिएको थियो । गीत सार्वजनिक भएसँगै गायिका अञ्जु पन्त र गायक जगदीश समालको नाम उल्लेख नभएकोमा […]

अन्जु पन्तको स्वरमा रहेको ‘हिट’ गजलमा रचनाको स्वर

काठमाडौँ – लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा गाइएको चर्चित गजल ‘न बिर्से तिमीलाई न पाए तिमीलाई’ रचना रिमालको स्वरमा पुन: रेकर्ड गरिएको छ। एक दशकभन्दा अगाडि यो गजल निकै चर्चित भएको थियो। यही गजललाई जगदीश समालले पनि गाएका थिए। अहिले यही गजलमा रचनाले स्वर भरेकी हुन्। विपीन किरणले लेखेको यो गजलमा महेश खड्काको संगीत छ। […]

चर्चित गजल ‘न बिर्सें तिमीलाई’को नयाँ भर्सनमा रचना रिमालको स्वर

२० माघ, काठमाडौं । चर्चित गजल गीत ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । एक दशकभन्दा अघि अञ्जु पन्तको स्वरमा सार्वजनिक भएको यो गजल त्यसबेला निक्कै चर्चित भएको थियो । यो गजलको मेल भर्सन जगदीश समालको स्वरमा सार्वजनिक भएको थियो । दुवै भर्सनमा यो गजल हालसम्म पनि लोकप्रिय छ । अञ्जु […]