काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएका अश्लिल गाली र कानून विपरितका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने र मेट्ने अभियान थालेको छ । सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान अन्यत्र मोडिएर दुर्घटना हुने गरेको पाइएपछि ट्राफिक प्रहरीले त्यस्ता सायरी र गजल हटाउन थालेको हो । नेपालको कानून विपरीत महिला, बालबालिका, सीमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर