‘न बिर्से तिमीलाई’ को नयाँ भर्जनबारे अञ्जु भन्छिन् – पुन: रेकर्डिङको तयारी गर्दै थिएँ, रचनाको स्वरमा आइसकेछ

काठमाडौँ– रचना रिमालको स्वरमा पुन: रेकर्ड भएको गजल ‘न बिर्से तिमीलाई’ को विवादमा गायिका अन्जु पन्तले आफ्नो विचार राखेकी छन्। गीतकार विपिन किरणले एक दशकअगाडि सार्वजनिक भएको चर्चित गजल ‘न बिर्से तिमीलाई न पाए तिमीलाई’ गायिका रचना रिमालको स्वर भरेर पुन: दर्शक स्रोतामाझ सार्वजनिक गरेका थिए। यो गजल सार्वजनिक भएपछि विवादमा परेको थियो। एक दशक […]