काठमाडौँ : नाबालिग बलात्कारको अभियोग लागेका नायक पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा थुनछेक बहस शुरु भएको छ। नवलपुर अदालतमा आज पीडित किशोरीका तर्फबाट तीनजना सरकारी वकिलले बहस गरेका छन्।सरकारी वकिलहरू बुद्धबहादुर थापा, डालबहादुर नेपाली र कमल पन्थीले बहस दिउँसो १ बजे सकेको वैतनिक वकिल दीपक भट्टराईले जानकारी दिए। सरकारी वकिलले पीडितको मागदाबी अनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन्।भट्टराईका अनुसार अहिले अभियुक्त शाह पक्षबाट बहस चलिरहेको छ। अदालतका सूचना अधिकारी एवं तहसिलदार लाल