बालिका बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा सरकार अर्थात् वादी पक्षका एक कानुन व्यवसायीले शाहलाई थुनामुक्त गर्दा अन्य बालबालिका असुरक्षित हुने तर्क पेश गरेका छन् । बन्द इजलासमा भएको थुनछेक बहसका क्रममा एक कानुन व्यवसायीले शाहलाई थुनामुक्त गरे अन्य बालिका पनि जोखिममा पर्न सक्ने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने बताएका हुन् । वादीको तर्फबाट बहस गर्ने एक कानुन व्यवसायीले आफ्नो बहसमा बालिका बलात्कार प्रकरणमा प्रतिवादी बियर लिएर बालिका सुतेको कोठामा जानु अपर