काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताउनुभएको छ । आज बुधवार संसद् भवनमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताउनुभएको हो । उहाँले नेकपा (एकीकृत समाजवादी) ले मन्त्री फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्री फेर्न दबाब परेको बताउनुभयो । उहाँले मन्त्री फेर्नेबारे पार्टीभित्र कुनै छलफल भने नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘यसबारेमा हाम्रोमा अहिलेसम्...