मैत्रीपूर्ण फुटसलमा एनएसजेएमफले अन्नपूर्ण ब्रसेल्सलाई हरायो

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा सम्पन्न मैत्रीपूर्ण खेलमा पत्रकार मन्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले हरायो ।उक्त खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । मन्चको तर्पmबाट बासु अवाल र दिल तामाङले समान दुई गोल गरे । अभिनव जोशीको नाममा एक गोल रह्यो । अन्नपूर्णका लागि सन्तोष खड्काले दुई गोल गरे । नीराजन श्रेष्ठ र नरेश खड्काले १÷१ गोल थपे । उक

सम्बन्धित सामग्री

भलिबलमा लिग चरणका खेल जारी

कास्की, असोज ३० । अन्नपूर्ण– नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भलिबलतर्फ लिग चरणका खेल भइरहेका छन् । पुरुष भलिबल पोखरा रङ्गशालामा र महिला भलिबल म्याग्दीमा चलिरहेको छ । पोखरा रङ्गशाला भलिबल कोर्टमा समूह चरणको खेलमा एपिएफ, त्रिभुवन आर्मी र पुलिस क्लब विजयी भएका हुन् । पहिलो खेलमा एपिएफले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई ३–० को सोझो सेटमा हरायो […]

अन्नपूर्ण ब्रसेल्स र एनएसजेएफबीच मैत्रीपूर्ण फुटसल

३ साउन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा सम्पन्न मैत्रीपूर्ण खेलमा मन्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले हरायो । मैत्रीपूर्ण खेलको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ ले उद्घाटन गरेका थिए । विजेता मञ्चलाई नेपाली राष्ट्रिय फुटबल टोलीका […]

फुटसलमा एनएसजेएफ विजयी

बेल्जियममा रहेको नेपाली समुदायद्वारा स्थापित अन्नपूर्ण ब्रसेल्स क्लब (एबीसी) र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)बीचको मैत्रीपूर्ण फुटसलमा एनएसजेएफ विजयी भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार भएको खेलमा एनएसजेएफले एबीसीलाई ५–४ गोलले हरायो ।

कहाँ हरायो ८ मीटर अग्ला हिमाल थपिने कुरा ?

अहिलेको समय नेपालमा हिमाल आरोहणको सिजन हो । तर, कोरोना महामारी तथा रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण यो सिजनमा अपेक्षित रूपमा विदेशी पर्वतारोहीले नेपालका बुक गरेनन् । खास गरी यूरोप र अमेरिका महादेशका पर्वतारोहीले हिमाल आरोहणमा बढी रुचि राख्छन् । तर, बुक गरिसकेको केही यूरोपेली पर्वतारोही टोलीले पनि आरोहण अभियान स्थगित गरेका छन् । हाम्रो देशमा हालसम्म ८ ओटा मात्रै ८ हजार मीटरमाथिका हिमाल छन् भन्ने आम बुझाइ छ । तर, ८ मीटरमाथिका हिमाल १४ ओटा छन् । हाम्रो देशमा अरू ६ ओटा ८ हजार मीटरभन्दा माथिका हिमाल छन् । तर, त्यसलाई अन्तरराष्ट्रिय स्तरका पर्वतारोहण संघसंस्था र अन्तरराष्ट्रिय समुदायले हालसम्म मान्यता दिएका छैनन् । यस्तो हुनुमा हामी नेपालीकै कमजोरी रहेको छ किनभने यस विषयमा आधिकारिक रूपमा नेपाल सरकारले कहिल्यै पनि प्रयास गरेन । धेरै अघिदेखि नेपाल पर्वतारोहण संघ (एनएमए) र केही अन्तरराष्ट्रिय ख्याति प्राप्त पर्वतारोहीमार्फत ८ हजार मीटरभन्दा अग्लो बाँकी हिमाललाई विश्वस्तरबाट मान्यता दिलाउने प्रयास भइरहेको छ । विगत ८/१० वर्षदेखि औपचारिक रूपमा घोषणा गर्न पहल भइरहेको छ । यसका लागि नेपालमा रहेका ८ हजार मीटरभन्दा अग्ला बाँकी हिमाललाई औपचारिक रूपमा घोषणा गर्नुअघि स्वीट्जरल्यान्डस्थित अन्तरराष्ट्रिय पर्वतारोहण संघका प्राविधिकहरू आएर नापजाँच र अध्ययन गर्ने भन्ने समझदारी भएको हो । तर, यस कार्यमा कोरोना महामारीको असरले केही ढिला हुन गएको छ । पाकिस्तान सरकारले विगत लामो समयदेखि गासेरब्रुम–१, ८०६८ मीटर र गासेरब्रुम–२, ८०३५ मीटर भनी अलगअलग मान्यता पाएको छ । हालसम्म विश्वमा मान्यताप्राप्त ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमालमध्ये आठओटा (६० प्रतिशत) नेपालमै छन् । विश्वकै सबैभन्दा अग्लो हिमशिखर चोमोलुङमा अर्थात् सगरमाथा नेपालमा अवस्थित छ, जुन हिमालको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर रहेको छ । त्यस्तै विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा पनि नेपालमै रहेको छ जुन हिमालको उचाइ ८ हजार ५ सय ८६ मीटर रहेको छ । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे पनि नेपालमै रहेको छ जुन हिमालको उचाइ ८ हजार ५ सय १६ मीटर छ । विश्वको पाँचौं अग्लो हिमाल मकालु पनि नेपालमै छ, जसको उचाइ ८ हजार ४ सय ८६ मीटर छ । त्यस्तै विश्वको छैटांै अग्लो हिमाल चोओ यु पनि नेपालमै छ जुन हिमाल ८ हजार २ सय १ मीटर रहेको छ । विश्वको सातौं अग्लो धवलागिरि हिमालको उचाइ ८ हजार १ सय ६७ मीटर, विश्वको आठौं अग्लो मनास्लु हिमालको उचाइ ८ हजार १ सय ६३ मीटर छ । विश्वको १० औं अग्लो हिमाल अन्नपूर्ण–१ पनि नेपालमै छ । यो हिमालको उचाइ ८०९१ मीटर रहेको छ । विश्वका बाँकी ६ ओटा ८ हजार मीटर अग्ला हिमालमध्ये पाँचओटा पाकिस्तानमा रहेका छन् भने एउटा चाहिँ चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको छ । विश्व पर्वतारोहण संघ र विश्व समुदायले मान्यता दिन बाँकी ६ ओटा ८ हजार मीटरभन्दा अग्ला हिमाल सबै नेपालमै छन् । तीमध्ये चारओटा नयाँ हिमाल कञ्चनजंघा हिमालको वरिपरि छन् भने  दुईओटा नयाँ हिमालचाहिँ ल्होत्से/चे वरिपरि रहेका छन् । निकट भविष्यमा मान्यता पाउने नयाँ हिमालहरू यस प्रकार रहेका छन् : १, यलुङ काङ–८,५०५ मीटर। २, कञ्चनजंघा दक्षिण–८,४७६ मीटर, ३, कञ्चनजंघा मध्य–८,४७३ मीटर, ४, यलुङ काङ पश्चिम–८,०७७ मीटर, ५, ल्होत्से मध्य–८,४१० मीटर, ६, ल्होत्से सार–८,३८३ मीटर । थप हुने यी नयाँ हिमालको उचाइ र नाम ‘नेपाल पर्वत–२०१६, नोभेम्बर अंक’बाट लिइएको हो । वास्तवमा हाम्रो देश नेपाल भूगोल र जनसंख्याको आधारमा विश्वका अन्य देशको तुलनामा मध्यमस्तरको मात्रै भए तापनि हिमाल र हिमाल आरोहणका सम्बन्धमा भने धेरै धनी रहेको छ भन्ने ८ हजार मीटरभन्दा अग्ला हिमालका संख्याले नै बताउँछ । यी हिमाल आरोहणका लागि वर्षेनि नेपाल आउने विदेशी पर्वतारोहीहरूको संख्या पनि कम छैन । हाम्रो देश नेपालमा हिमरेखा भन्दा (५,५०० मीटर) माथिका १७ सय १३ ओटाभन्दा बढी हिमाल छन् भने सरकारले पटकपटक गरेर हालसम्म ४ सय १४ ओटा हिमाल हिमाल आरोहीहरूका लागि खुला गरेको छ । यसरी हेर्दा निकट भविष्यमै थपिने ६ ओटा नयाँ ८ हजार मीटरभन्दा माथिका हिमालले नेपालको पर्वतारोहण पर्यटनमा इँटा थप्ने काम गर्नेछ । यसरी थपिने नयाँ ८ हजार मीटरभन्दा माथिका हिमालले नेपालको हिमाल आरोहण क्षेत्रमा आम्दानी बढ्ने र रोजगारीको अवसर पनि सृजना हुने आशा गर्न सकिन्छ । साथै अन्य पर्यटकीय गतिविधिमा पनि वृद्धि हुने आशा गर्न सकिन्छ । बरु हामी सबै (पर्यटन व्यवसायमा नलागेका प्रबुद्ध वर्गहरू समेत) मिलेर थप हुने भनिएको नयाँ ८ हजार मीटर माथिका हिमाल औपचारिक रूपमा घोषणा गराउन नेपाल सरकारलाई पनि घचघच्याउनेतर्फ लाग्नुपर्ने देखिन्छ । लेखक पर्यटनकर्मी हुन् ।

पशुपतिनाथको २३१ राेपनी जग्गा हरायो

काठमाडौं : भनिन्छ, पशुपतिनाथले सबैको रक्षा गर्छन्। तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन्। पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन। अन्नपूर्ण  पोस्ट दैनिकका अनुसार वागमतीदेखि मनहरा नदी बगर...