जनकपुरधाम– मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ। सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी र नामको टुङ्गो लगाएपछि प्रदेश सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हो। मधेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम भएकाले मंगलबार प्रदेशभरि सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन्। सोमबार […]