जनकपुरधाम : मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।आइतबार इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजोराम भगतले जानकारी दिए।भगतका अनुसार मधेश प्रदेश सरकारले गत चैत १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख छ।