पटिहानीमा बन्यो १ अर्ब लगानीमा रिसोर्ट

२६ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२२, पटिहानीमा निर्माण सम्पन्न भएको रिभरसाइड रोयल गार्डेन रिसोर्टलाई सोल्टी होटलले व्यवस्थापन गर्ने भएको छ । आइतबार रिसोर्ट सञ्चालक र सोल्टी होटलबीच व्यवस्थापन सम्झौता भएको छ । सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईं र रिसोर्टका अध्यक्ष कल्याण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यससँगै यो रिसोर्ट अब ‘सोल्टी वेस्टेन्ड रिसोर्ट […]

सम्बन्धित सामग्री

भक्तपुरमा खुल्यो १ अर्ब लगानीमा ‘फर्चुन रिसोर्ट’

१८ वैशाख, काठमाडौं । हिलटेक कम्पनीले भारतीय होटल ग्रुप आईटीसीसँगको सहकार्यमा १ अर्ब रुपैयाँबराबर लगानीमा भक्तपुर साँगामा ‘फर्चुन रिसोर्ट एन्ड वेलनेस स्पा’ सञ्चालनमा ल्याएको छ । आईटीसी ग्रुप अफ होटल्स अन्तर्गत फर्चुन होटलले नेपालबाट अन्तर्राष्ट्रिय यात्रा …

झापामा बन्ने भयो १ अर्ब लगानीमा तेस्रो पाँचतारे होटल

कुल १ सय ५८ कोठा र ३ सय शय्या रहने पाँचतारे होटलले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ ।

इजिप्टले स्वेज नहर आर्थिक क्षेत्रमा १ अर्ब युरोको टायर कारखाना स्थापना गर्ने

एजेन्सी । इजिप्टले राजधानीको उत्तरपूर्वी स्वेज नहर आर्थिक क्षेत्रमा १ अर्ब युरोको लगानीमा टायर कारखाना स्थापना गर्ने भएको छ । कारखानाले तीन चरणमा ४ लाख वर्ग मिटर ओगट्ने छ । परियोजनाले पूर्ण सञ्चालनपछि वार्षिक ७० लाख उत्पादन क्षमताका निजी कार र भारी ट्रकका लागि टायर उत्पादन गर्ने लक्ष्य लिइएको छ । यो कदम वेज नहर […]

डेढ अर्बको लगानीमा निर्माणाधीन दमक भ्यूटावर

दमक, १५ चैत । दमक–३ दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ । रु १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ को लागतमा निर्माणाधीन १८ तले भ्यूटावरको १३ तला निर्माणकार्य सम्पन्न भईसकेको छ । तस्वीरः यज्ञराज आङदेम्बे, रासस

१ अर्ब लगानीमा बानेश्वरमा १० तल्लाको ‘गोल्यान टावर’, के के छन् विशेष सुविधा ?

गोल्यान समूहले पूरानो बानेश्वरमा १० तल्लाको ‘गोल्यान टावर’ बनाउँदैछ । ‘कर्पोरेट अफिस’हरुलाई भाडामा लगाउने योजनाका साथ गोल्यान ग्रुपले पुरानो बानेश्‍वर हाइटमा गोल्यान टावर नाम दिएर कर्पोरेट टावर निर्माणको काम सुरु गरेको हो ।१ अर्ब लगानीमा निर्माण भइरहेको गोल्यान टावरको भौतिक स्ट्रक्चर करिब करिब सकिएको छ । टावरले आकार लिईसकेको छ । २.५ रोपनी क्षेत्रफलमा बनिरहेको १० तल्ले टावरमा २ तल्ला भने बेसमेन्ट पार्किङका लागि छुट्याईएको छ ।सन् २०२२ को जुनसम्म सञ्‍चालनमा आईसक्ने दाबी गरिएको यो टावरलाई रियलस्टेट पायोनियर गोल्यान समूहले ‘फ्ल्यागशिप कमर्शियल बिल्डिङ’का रुपमा अघि सारेको छ । अफिस राख्ने ठाउँको अभाव पुर्तिको प्रयासकाठमाडौँमा ठूला कर्पोरेट हाउसहरुले आफ्ना प्रोडक्टै पिच्छे कार्यालय राख्न ठाउँको अभाव छ । एउटा कर्पोरेट हाउसका धेरै उत्पादन हुने भएपनि सबैले छुट्टाछुट्टै कार्यालय राख्न ठाउँको अभाव भएपछि गोल्यान ग्रुपले एउटै भवनमा धेरै अफिस राख्न सकिने गरी सुविधा सम्पन्‍न टावर निर्माण थालेको हो ।टापरमा कम्तिमा २० वटा ठूला अफिसहरु राख्‍न सकिनेछ । टावरका फ्ल्याटहरु बिक्री गरिने नभई अवधि तोकेर भाडामा लगाईनेछ । टावरमा पार्किङसहित रेष्टुरेन्ट सर्भिस पनि उपलब्ध हुनेछन् ।गोल्यान ग्रुपको कर्पोरेट अफिस पनि सर्दैगोल्यान ग्रुपका निर्देशक अक्षय गोल्यानका अनुसार टावरका माथिल्ला ३ तलामा गोल्यान ग्रुपकै कम्पनीका अफिसहरु रहनेछन् । गोल्यान समूहको मुख्यालय नै अब त्यही टावरमा बस्नेछ । हाल ताहाचलको अपार्टमेन्टमा रहेको गोल्यान समूहको कर्पोरेट अफिस अब निर्माण सकिएपछि त्यही टावरमा सर्नेछ । ताहाचलको ठाउँ साँघुरो र सहरभन्दा बाहिर भएकोले गोल्यान समूहले कर्पोरेट अफिस बानेश्‍वर सार्न लागेको हो । गोल्यान समूहले रियलस्टेट, हस्पिटालिटी, बैंक, कृषि लगायतमा लगानी गरेको छ । करिब १ महिना अगाडी ताहाचलमै गोल्यान समूहले होटल ह्यात प्यालेस पनि सञ्चालनमा ल्याएको छ ।

१ अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

काठमाडौं, (नेस)। चन्द्रागिरि नगरपालिकामा १ अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ । जर्मन विकास बैंकको १ अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो । अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ । उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा […]

१ अर्ब ४० करोड लागतमा राजधानीमा सुविधासम्पन्न होटल खुल्दै

काठमाडौंमा एक सुविधा सम्पन्न स्टार होटल खुल्ने भएको छ । इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल प्रालिको करिब साढे १ अर्ब रुपैयाँ बराबरको लगानीमा मेरियट इन्टरनेसनलले काठमाडौंको कमलादीमा ‘मोक्सी काठमाडौं होटल’ खोल्ने भएको हो । होटल सन् २०२५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी साझेदार कम्पनी मेरियट र इन्टरनेशनल हिमालय हस्पिटालिटीबीच सम्झौता भइसकेको बताइएको छ ।काठमाडौंको कमलादीमा बन्ने उक्त होटल कति स्टारमा बन्ने भन्ने अहिले नै एकिन नभएतापनि होटलमा सुविधासम्पन्न १०८ कोठाहरू रहने र

बुटवलमा १ अर्ब लागतमा ३५ मिटर अग्लो बुद्धमूर्ति बनाइने

बुटवल— बुटवलमा १ अर्ब रुपैयाँ लागतमा ३५ मिटर उचाइको शाक्यमुनि बुद्धको मूर्ति बनाइने भएको छ। बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर बुटवललाई पर्यटकीय स्थलका रूपमा अगाडि बढाउन बुटवल उपमहानगरपालिकाले तीन तहका सरकारको संयुक्त लगानीमा बुद्धमूर्ति बनाउने प्रस्ताव अघि सारेको हो। बुटवल बजार नजिक रहेको हिलपार्क डाँडामा बन्ने मूर्ति ४० किमि टाढा रहेको बुद्ध जन्मस्थल लुम्बिनीबाट देखिनेछ। यसका […]