विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो १ अर्ब ४० करोड लगानीमा आफ्नै अत्याधुनिक डाटा सेन्टर

विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो १ अर्ब ४० करोड लगानीमा आफ्नै अत्याधुनिक डाटा सेन्टर

सम्बन्धित सामग्री

भारती एयरटेलमा १ अर्ब डलर लगानी गर्ने योजनामा गूगल

माघ १५, नयाँदिल्ली । बहुराष्ट्रिय सार्वजनिक कम्पनी गूगलले भारतको दुरसञ्चार क्षेत्रको प्रमुख कम्पनी भारती एयरटेलमा १ अर्ब डलरसम्मको लगानी गर्ने योजना बनाएको छ । यो लगानी इक्विटी तथा सस्तो मूल्यको स्मार्टफोन, नेटवर्क  तथा क्लाइउड जस्ता क्षेत्रमा व्यावसायिक साझेदारीको रुपमा हुनेछ । कम्पनीको  भारतमा दूरसञ्चार क्षेत्रमा दोस्रो ठूलो लगानी हो । यसअघि कम्पनीले पहिलो पटक रिलायन्स जियोमा लगानी गरेको थियो। यो लगानी गूगलको १० अर्ब डलरेको  इन्डिया डिजिटलीकरण कोषको हिस्सा  थियो । लगानीका सम्बन्धमा दुवै कम्पनी बीच सन् २०२१ को पहिलो ६ महीनादेखि दुवै पक्षका अधिकारीहरु बीच विभिन्न चरणमा वार्ता भइरहेको थियो । जसको औपचारिक घोषणा शुक्रवार गरिएको छ ।जसअनुसार गूगलले १ अर्ब अमेरिकी डलरसम्मको लगानी गर्दा भारती एयरटेलमा ७० करोड डलर अर्थात् ५ हजार २२४ करोड भारतीय रुपया लगानी  थप हुनेछ । यसोगर्दा गूगलले सकार गरेको प्रतिकित्ता शेयरमूल्य ७३४ रुपयामा थप शेयर जारी गरिने छ । यो सम्झौतापछि भारती एयरटेलमा गूगलको १ दशमलव २८ प्रतिशत हिस्सा कायम हुनेछ । यो द्वीपक्षीय सम्झौताको कार्यान्वयन एयरटेलको बिहीवार कायम प्रतिकित्ता शेयरको अन्तिम मूल्य ७१५ दशमलव १९ रुपयाबाट अधिकतम २ दशमलव ५ प्रतिशत मूल्यमा गरिने छ । यसको अतिरिक्त गूगल स्मार्टफोन एक्सेस, नेटवर्क तथा क्लाइउड जस्ता क्षेत्रमा सम्भावित लगानीका लागि ३० करोड डलरको कोष अलग रुपमा राखिने छ । एयरटेलका मुख्य कार्यकारी अधिकृत गोपाल विटलले अव कम्पनीको योजना आफ्नो विशिष्ट स्मार्टफोन विकसित गर्नमा हुनेछ । हाल कम्पनीको १९ करोड़भन्दा बढी फोर जी ग्राहक रहेका छन् जसमा करीब ४ करोड ग्राहक गत साल जोडिएको भन्दै कम्पनीलाई उद्धृत गर्दै विजनेश स्ट्यान्डर्डले आफ्नो वेबसाइटमा समाचार छापेको छ । उनले एयरटेलमा प्रत्येक वर्ष २ दशमलव ५ अर्ब डलर पूँजीगत लगानी भइरहेको पनि बताएका छन् । उनका अनुसार आगामी दिनमा होम ब्रोडव्यान्ड, डाटा सेन्टर तथा फाइभ जी सेवामा लगानी जारी रहने छ । गूगलको लगानीपछि कम्पनीको डिजिटल एजेन्डामा व्यापक सुधार आउने छ । सीईओ विटलले यो सम्झौतापछि गूगलको जियोमा मौजुदा लगानीमा कोई विवाद भने आउने छैन । सन् २०२० को जुलाई मा गूगलले जियो प्लेटफर्ममा ४ दशमलव ५ अर्ब डलर अर्थात् ३३ हजार ७३७ हजार करोड रुपयामा लगानी गरेर ७ दशमलव ७३ प्रतिशत हिस्सा किनेको थियो । एजेन्सी

पुस ६ सम्म नागरिक लगानी कोषले प्रदान गरिरहेको सम्पूर्ण कारोबारहरु बन्द रहने

नागरिक लगानी कोषले प्रदान गरिरहेको सम्पूर्ण कारोबारहरु पुस ६ गतेसम्म नै बन्द रहने भएको छ। कोषले यस अघि पुस ४ र ५ गते कारोबारहरु बन्द रहने जनाएकोमा आज सूचना प्रकाशन गर्दै ६ गते पनि कारोबार बन्द रहने जनाएको हो । कोषको पुरानो भवनमा रहेको डाटा सेन्टर कोषको नयाँ बानेश्वरस्थित नयाँ भवनमा स्थानान्तरण गरी जडान गर्नुपर्ने भएको हुँदा पुस ६ गतेसम्म केन्द्रीय कार्यालय र शाखा कार्यालयहरूले प्रदान गरिरहेको सम्पूर्ण कारोबारहरू बन्द हुने कोषले जनाएको छ । सफ्टवेयर मार्फत गर्नु नपर्ने कार्यहरू भने सो अवधिमा पनि निरन्तर गरिने कोषले उल्लेख गरेको छ ।  कोषको नयाँ भवन ९० करोड रुपियाँ लगानीमा बनेको हो ।  कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टि रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले शिलान्यास गरेका थिए।लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौता अनुसार कोषको करिब ९० करोड रूपैयाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा/रोशन जेभीलाई निर्माण गर्न ठेक्का दिएको थियो। शर्मा/रोशन कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले भवन विभागका महनिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई असोज १७ गते नवनिर्मित भवन हस्तान्तरण गरेका थिए ।

पुस ४ र ५ गते नागरिक लगानी कोषले प्रदान गरिरहेको सम्पूर्ण कारोबारहरु बन्द रहने

पुस ४ र ५ गते नागरिक लगानी कोषले प्रदान गरिरहेको सम्पूर्ण कारोबारहरु बन्द रहने भएको छ। कोषको पुरानो भवनमा रहेको डाटा सेन्टर कोषको नयाँ बानेश्वरस्थित नयाँ भवनमा स्थानान्तरण गरी जडान गर्नुपर्ने भएको हुँदा मिति २०७८ पुस ४ र ५ गते केन्द्रीय कार्यालय र शाखा कार्यालयहरूले प्रदान गरिरहेको सम्पूर्ण कारोबारहरू बन्द हुने कोषले जनाएको छ ।सफ्टवेयर मार्फत गर्नु नपर्ने कार्यहरू भने सो अवधिमा पनि निरन्तर गरिने कोषले उल्लेख गरेको छ ।  कोषको नयाँ भवन ९० करोड रुपियाँ लगानीमा बनेको हो ।  कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टि रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले शिलान्यास गरेका थिए।लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौता अनुसार कोषको करिब ९० करोड रूपैयाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा/रोशन जेभीलाई निर्माण गर्न ठेक्का दिएको थियो। शर्मा/रोशन कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले भवन विभागका महनिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई असोज १७ गते नवनिर्मित भवन हस्तान्तरण गरेका थिए ।