संविधान संशोधन रोकिएपछि प्रमोद खरेलको प्रश्न: लकडाउनमा भारतीय जहाज काठमाडौं किन आयो?

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरिएको नक्सालाई संविधानको अंग बनाउने संशोधन विधेयक रोकिएपछि कलाकारले पनि चासो व्यक्त गरेका छन्। गायक प्रमोद खरेलले भारतीय चलखेलका कारण संशोधन रोकिएको हो कि भन्ने आशंका व्यक्त गरेका छन्। नेपाली राजनीतिक बजारमा भारतीय पूर्वराजदूत श्याम शरण काठमाडौं आएको चर्चा चलिरहँदा गायक खरेलले त्यसतर्फ

सम्बन्धित सामग्री

मुस्लिम अधिकारका लागि संविधान संशोधन अपरिहार्य छ : कांग्रेस सहमहामन्त्री

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले मुस्लिम समुदायको हक अधिकारका निम्ति संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । ‘नयाँ संविधान बनेपछि राज्यको सबै अंगमा जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुने सुनिश्चितता त गरियो । तर मधेस र लुम्बिनीबाहेकका प्रदेशमा मुस्लिम समुदायले समानुपातिक प्रतिनिधित्व पाएको छैन । राष्ट्रिय सभामा समेत प्रतिनिधित्व छैन । मुस्लिम […]

ओलीले संविधान संशोधन गर्न दिएनन् : प्रचण्ड

काठमाडौं, २४ वैशाख :  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको चाहनाअनुसार संविधान संशेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन् । दोस्रो पटक प्रधानमन्त्री हुँदा दुई पटक संसद् सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गरेकाे तर ओलीका कारण छलफलै नभएको आरोप लगाए। ‘तपाईंहरूलाई थाहा […]

तत्काल संविधान संशोधन गर्न डा. बाबुराम भट्टराईको माग

काठमाडौं : सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।त्यसका लागि तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागिपरेको दावी गरे।पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।अध्यक्ष भट्टराईले संव

संविधान संशोधन नभएसम्म विरोध जारी रहनेछ : जनमत पार्टी

काठमाडौं, ३ असोज । देशैभर आज संविधान दिवस मनाइँदैछ । सोहि अवसरमा सिके राउत नेतृत्वको जनमत पार्टीले ३ असोजलाई कालो दिवसको रूपमा मनाउँदैछ । जनमत पार्टी संविधान संशोधनको माग गर्दै आएको छ । संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने पार्टीले जनाएको छ । पार्टीले संविधान दिवसको अवसरमा विभिन्न जिल्लाहरुमा विरोधका कार्यक्रम गर्न नेताहरूलाई पठाइएको महासचिव […]

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको हो । २९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि गठबन्धनमा रहेका दलहरूबीचको सहमतिबाट सरकारका […] The post सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संविधान संशोधन गरेर निर्दलीय सरकारको बाटो बन्द गरौं–बादल

काठमाडौं। नेकपा एमालेका नेता रामबहादुर थापा बादलले धारा ७६ (५)ले निर्दलीय सरकार बनाउने बाटो दिएको भन्दै संविधान संशोधन गर्नुपर्ने बताएका छन्। सर्वोच्चको आदेशले देशमा निर्दलीय सरकार बनेको टिप्पणी गर्दै यसले लोकतान्त्रिक आन्दोलनमा गतिरोध पैदा भएको बताए। पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै बादलले आफ्नो पार्टीभित्र एकातिरबाट विभाजन भएको देखिएपनि अर्कोतिर यही विन्दुबाट पार्टीको शुद्धीकरण पनि शुरू भएको बताए।

अदालतले संविधान संशोधन गर्‍यो : ओली

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको निर्णयले संविधान संशोधन भएको बताएका छन्। शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारबाट विदाई सम्बोधन गर्दै ओलीले अदालतको आदेशले संविधानमाथि प्रहार भएको बताएका हुन्। संविधानको धारा ७६ (५) को व्याख्या प्रति असन्तुष्टि जनाउँदै ओलीले अदालतले संविधान संशोधन गरेको आरोप लगाएका हुन्।     दलीय…

संविधान संशोधन कार्यदल राष्ट्रघात हो : भीम रावल

काठमाडौं। एमालेबाट निष्काशित नेता भीम रावलले संविधान संशोधन गर्न गठित कार्यदल राष्ट्रघाती भएको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत भनेका छन्, “संविधान संशोधन कार्यदल राष्ट्रघात र जनघात हो। कामचलाउ प्रधानमन्त्रीको यो कार्य लोकतान्त्रिक मान्यता विरोधी र आम निर्वाचनमा जनताले दिएको जनादेशको विरुद्धमा छ।” उनले शुक्रबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनले प्रधानमन्त्री ओलीको राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको टिप्पणी गरेका हुन्।

संविधान संशोधन गर्न सरकारले गठन गर्‍यो पाँच सदस्यीय कार्यदल

काठमाडौं। सरकारले संविधान संशोधन गर्न भन्दै पाँच सदस्यीय कार्यदल गठन गरेको छ। हिजो बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधनका लागि कार्यदल गठन भएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पुष्टि गरेका छन्। कार्यदलमा एमालेको तर्फबाट पूर्वमहान्याधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् भने जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला छन्।

संविधान संशोधन गर्न विज्ञसहितको कार्यदल गठन

काठमाडौं।सरकारले संविधान संशोधनको लागि विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ।हिजो बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन सम्बन्धी कार्यदल गठन गर्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई गराएकाे जसपाका एक नेताले देखापढीलाई बताए।उनले भने, “मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्रीले अध्यक्ष ठाकुर र राजेन्द्र महतोलाई बालुवाटार बोलाएर त्यस विषयमा जानकारी गराउनुभएको हो।”नागरिकता सम्बन्धी पनि अध्यादेश ल्याउने तयारी गरिएको उनले बताए।