काठमाडौं। नेकपा एमालेका नेता रामबहादुर थापा बादलले धारा ७६ (५)ले निर्दलीय सरकार बनाउने बाटो दिएको भन्दै संविधान संशोधन गर्नुपर्ने बताएका छन्। सर्वोच्चको आदेशले देशमा निर्दलीय सरकार बनेको टिप्पणी गर्दै यसले लोकतान्त्रिक आन्दोलनमा गतिरोध पैदा भएको बताए। पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै बादलले आफ्नो पार्टीभित्र एकातिरबाट विभाजन भएको देखिएपनि अर्कोतिर यही विन्दुबाट पार्टीको शुद्धीकरण पनि शुरू भएको बताए।