संविधान संशोधन गर्न सरकारले गठन गर्‍यो पाँच सदस्यीय कार्यदल

काठमाडौं। सरकारले संविधान संशोधन गर्न भन्दै पाँच सदस्यीय कार्यदल गठन गरेको छ। हिजो बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधनका लागि कार्यदल गठन भएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पुष्टि गरेका छन्। कार्यदलमा एमालेको तर्फबाट पूर्वमहान्याधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् भने जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला छन्।

सम्बन्धित सामग्री

संविधान संशोधन गर्न ५ सदस्यीय कार्यदल गठन

काठमाडौँ । सरकारले संविधान संशोधन गर्नका लागि पाँच जनाको कार्यदल बनाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले र जनता समाजवादी पार्टीका नेताहरूको समिति बनाएको जनाइएको छ । शुक्रबार जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पत्रकारहरूसँग कुरा गर्दै सरकारले आफूहरुको माग सम्बोधन गर्ने क्रममा कार्यदल गठन र नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउन […]

सत्ता रिक्तताको अवस्थामा नपु-याऊ

नेकपा सचिवालय बैठकले बर्दियाबाट निर्वाचन हारेका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको बाटो खुला गर्न राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउने प्रावधानका लागि संविधान संशोधन गर्न नेता माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेपछि आमजनतामा गम्भीर चासो उत्पन्न भएको छ । प्रधानमन्त्री निवासमा पार्टीको सचिवालय बैठक बसी पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा उक्त कार्यदल …

संविधान संशोधन गर्न नेकपाले बनायो कार्यदल

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपालको संविधान २०७४ मा हालसम्म देखिएका समश्या समाधानका लागि  संविधान संशोधन प्रक्रिया अघि बढाउने भएको छ। सो कामका लागि त्यसका लागि नेकपाले तीन सदस्यीय कार्यदल बनाएको छ। संविधान संसोधनको मुख्य माग शुरुदेखि नैं मधेश केन्द्रित दलहरुले उठाउदै आएका छन् । साथ...