जडिबुटीको अवैध चोरी निकासी बढ्यो

जाजरकोटको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीको अवैध चोरी निकासी बढ्दै गएको छ। सम्बन्धित निकायको उदासीनताका कारण

सम्बन्धित सामग्री

बढ्यो नदीजन्य पदार्थको चोरीनिकासी

रुपन्देहीका विभिन्न नदीबाट बालुवा, गिट्टी, मिस्कट र ढुङ्गालगायतका नदीजन्य सामग्रीको चोरी निकासी बढेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विगत १० दिनको अवधिमा विभिन्न खोलामा खासगरी रातिको समयमा डोजर, टिप्पर र ट्याक्टरको प्रयोग गरी नदीजन्य सामग्रीको अवैध ओसारपसार बढेको छ । रुपन्देहीका पालिकाले अझै नदीजन्य सामग्रीको ठेक्का लगाइसकेका छैनन् । तस्करले त्यही मौकाको फाइदा उठाउँदै नदीजन्य पदार्थको चोरी निकासी बढाएका छन् ।

अप्रत्यक्ष कर घटाउने कि बढाउने ?

काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट आउन ४ दिन बाँकी छ । बजेटसँगै आउने आर्थिक अध्यादेशमार्फत कर, महशुल र शुल्कका दरहरू घटबढ हुने अनुमान गरिन्छ । राजस्वले साधारण खर्चसमेत नधानेको अवस्थामा सरकारले बजेटमार्फत भन्सार, अन्त:शुल्कजस्ता अप्रत्यक्ष करका दर बढाउन सक्ने अनुमान भइरहेको छ । सम्बद्ध व्यवसायी भने अप्रत्यक्ष करको दर बढाए गैरकानूनी कारोबार बढ्ने, राजस्व घट्ने र नियमसंगत व्यापार चौपट हुने बताउँछन् ।  भन्सार र अन्त:शुल्क उच्च हुँदा औपचारिक माध्यमबाट आयात हुने वस्तुको लागत बढ्छ । यस्तो बेला भन्सार छलेर सामान ओसार्ने गिरोह सक्रिय हुने जानकार बताउँछन् । औद्योगिक कच्चा पदार्थबाहेक अन्य वस्तुको भन्सार, अन्त:शुल्कजस्ता कर बढाउँदा चोरीपैठारी बढेर उल्टै राजस्व घट्ने र विधिसम्मत काम गर्ने व्यापारी मर्कामा पर्ने उनीहरूको तर्क छ ।  नेपाल व्यवसायी महासंघका अध्यक्ष तथा आयातकर्ता कुमार कार्की थुप्रै वस्तु चोरीपैठारीबाट आइरहेकाले विधिसम्मत कारोबार गर्नेलाई टिक्नै मुश्किल भइसकेको बताउँछन् । यसमा वर्षेनि भन्सार र अन्त:शुल्कको दर बढाउने सरकारकै कमजोरी रहेको उनले बताए ।  दक्षिणका सीमावर्ती क्षेत्रका भन्सार पोस्टबाहेकका ठाउँबाट वर्षभरि सामान ओसारपसार भइरहन्छ । कतिपयले स्थानीयलाई प्रयोग गरेर अनधिकृत आयात गर्छन् । सीमा नाकाबाट हुने अनधिकृत आयातका विषयमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल भन्छन्, ‘बोर्डरमा साइकलबाट ओसारेर रातिराति ट्रकमा हाली देशका विभिन्न ठाउँमा पुर्‍याउने चलन छ । यस्तो सामानमा भन्सार, अन्त:शुल्क, भ्याट तिरिएको हुँदैन ।’  उच्च दरको करले गर्दा भारत र नेपालमा वस्तुको मूल्य अन्तर धेरै रहेको व्यवसायी बताउँछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रवि सैंजू मूल्यमा ठूलो अन्तर हुँदा अनधिकृत आयातनिर्यात बढ्ने बताउँछन् । करकै कारण भारतको तुलनामा नेपालमा सस्तो भएका बेला यताबाट ठूलो परिमाणमा सुपारी चोरी निकासी भएको र त्यस विषयमा भारतका तत्कालीन वाणिज्यमन्त्री तथा हालका अर्थमन्त्री निर्मला सीतारमणले असन्तुष्टि प्रकट गरेको उनले सुनाए । सीतारमणले नेपालले घरेलु बजारमा खपत हुनेभन्दा निकै बढी परिमाणमा सुपारी आयात गर्न दिएको भन्दै उच्चस्तरीय छलफलमा असन्तुष्टि प्रकट गरेको सैंजूको भनाइ छ ।  मूल्य अन्तर धेरै भएका वस्तु ठूलो परिमाणमा चोरीपैठारीका लागि तस्कर र सीमा नियमन गर्ने निकायका कर्मचारीबीचमै मिलेमतो हुन सक्ने आशंका गरिन्छ । त्यस्ता तस्करले राजनीतिक तहबाटै संरक्षण पाइरहेको भैरहवाका एकजना व्यापारीले दाबी गरे ।  ‘यस्तोमा कमाइ राम्रो हुन्छ र नेताले समेत भाग पाउँछ,’ ती व्यापारीले भने । अहिले पनि मुख्य गरी मूल्य अन्तर धेरै भएका वस्तुकै चोरीपैठारी धेरै भइरहेको उनले बताए । उनी त स्वदेशमै उत्पादन हुने वस्तु पनि चोरीपैठारी भइरहेको बताउँछन् । ‘नेपालमा भन्दा भारतमा उत्पादन लागत कम छ जसले गर्दा यहाँभन्दा सीमापारि वस्तु निकै सस्तोमा पाइन्छ,’ उनले भने, ‘सीमापारि र वारि मूल्य फरक हुनेबित्तिकै तस्करीको लाइन खुल्छ ।’ भारतबाट चोरीपैठारी भई आउने कुखुरा र अण्डाबाट पोल्ट्री व्यवसायी पनि हैरान छन् ।  २०७८ माघ दोस्रो साता महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले राजधानी काठमाडौंमै भारतबाट अनधिकृत रूपमा भित्त्याइएको डेढ करोड रुपैयाँ मूल्यको विदेशी मदिरा भेटेको थियो । प्रहरीले रेड लेबल, ब्ल्याक लेबल, एब्सोलुट भोड्का, सिभास रिगल जस्ता विदेशी ब्रान्डका मदिरा भेटेको थियो ।  अहिले पनि देशका प्रमुख शहरका पसलमा भन्सार छलेर भारतबाट भित्त्याइएको मदिरा फेला परिरहेको समाचार आइरहेका छन् । गत वैशाखदेखि मङ्सिरसम्म सरकारले विदेशी मदिरालगायत केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसबेला औपचारिक माध्यमबाट विदेशी मदिरा आयात ठप्प थियो । तर, त्यही अवधिमा चिभास रिगलको उत्पादक कम्पनीले ‘लन्च’ गरेको संस्करण केही दिनमै नेपाली बजारमा आइपुगेको नेपालमा चिभास रिगल आयात गरिरहेका एक व्यवसायीले बताए ।  मदिरा मात्र नभएर बिस्कुट, चकलेट, कस्मेटिक, विद्युतीय सामान, मोबाइल, चिनीलगायत असंख्य सामानको अनधिकृत आयात भइरहेको आयातकर्ता व्यवसायीको दाबी छ । नेपालमा उत्पादन नहुने र चोरीपैठारीबाट भित्रिन सक्ने वस्तुको मूल्य नेपाल र भारतमा धेरै फरक हुने गरी कर लगाउँदा प्रत्युत्पादक हुने नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोदकुमार सेठिया बताउँछन् । उनी त नेपालमा सवारीसाधनबाहेक सबै वस्तु अनधिकृत रूपमा आइरहेको दाबी गर्छन् । सवारी भने दर्ता गरेर मात्र चलाउन पाइने हुँदा अनधिकृत रूपमा आयात नहुने उनको भनाइ छ । अवैध आयात रोक्न नेपालको भन्सार, अन्त:शुल्क, मूल्य अभिवृद्धिकरलगायत सबै मिलाएर भारतको जीएसटीभन्दा बढी नहुने गरी कर लगाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी बताउँछन् । ‘भन्सार महशुल पनि बढाउने, अन्त:शुल्क र भ्याट पनि लगाउने गर्दा ग्रे इकोनोमी बढेको छ,’ उनले आर्थिक अभियानसँग भने ।  आयातका क्रममा हुने न्यून बीजकीकरणका पछाडि पनि उच्च दरको कर कै हात हुने व्यवसायी बताउँछन् । न्यून बीजकीकरणका सामानको बिल जारी नहुने हुँदा सरकारले पाउने मूल्य अभिवृद्धिकर र आयकरसमेत गुमिरहेको उनीहरूको तर्क छ । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल राजस्व बढाउन करका दर बढाउनु उचित नहुने बताउँछन् । ‘राजस्व बढाउन भन्सार र अन्त:शुल्कका दर बढाउनु ठीक होइन । तर, देशमा उद्योगधन्दा विकासका लागि उत्पादनमूलक उद्योगलाई बढावाचाहिँ दिनैपर्छ,’ उनले भने, ‘यसका लागि कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर फरक गर्नुपर्छ ।’ तयारी वस्तुको भन्सार दर बढाउँदा सरकारले दैनिक उपभोग्य वस्तु हो वा विलासी भन्ने कुरामा ध्यान दिनुपर्ने अग्रवालको धारणा छ । नेपालमा ती वस्तु उत्पादनको अवस्थालाई पनि बेवास्ता गर्न नहुने उनले बताए । सरकारले आयात हुने सामानमा बढी कर लगाए पनि अनधिकृत आयात बढ्यो भने राजस्व वृद्धि हुँदैन ।  बढी राजस्व संकलन गर्न अन्त:शुल्क र भन्सार दर ठूलो आकारमा भइरहेको चोरीपैठारी निरुत्साहित गर्ने खालको हुनुपर्ने व्यवसायीको माग छ । चेम्बर अध्यक्ष मल्ल सरकारले विश्व व्यापार संगठनको मान्यताअनुसार भन्सार महशुल न्यून गर्दै कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताउँछन् । सन्दर्भ मूल्यको अभ्यास पनि हटाउनुपर्नेमा उनले जोड दिए ।  कसैले कर तिरेर ल्याउने कसैले त्यत्तिकै ल्याउने स्थिति हुन नहुनेमा जोड दिएका मल्लले बिल लिने/दिने अभ्यासलाई व्यापक बनाई तल्लो तहसम्म पुर्‍याउन आग्रह गरे । यसो गरे चोरीपैठारीको सामानको विक्री रोकिने उनको भनाइ छ ।  परिसंघ वरिष्ठ उपाध्यक्ष अग्रवाल राजस्व चुहावट नियन्त्रण गर्न बोर्डरमा रहेका सरकारी संयन्त्रको प्रभावकारिता बढाउनुपर्ने सुझाउँछन् । ‘तस्करी नियन्त्रणमा राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी लगायत निकायको प्रमुख भूमिका हुन्छ । उनीहरूले कडाइका साथमा निगरानी गर्नुपर्छ,’ वरिष्ठ उपाध्यक्ष अग्रवालले भने, ‘चोरीपैठारीको सामान बोर्डरमा मात्रै विक्री हुँदैन भित्री शहरमा पनि आउँछ ।’

पाल्पामा नदीजन्य पदार्थको चोरीनिकासी बढ्यो

पाल्पामा करिब १ सय १० किलोमिटरभन्दा बढी लम्बाइमा बग्ने कालीगण्डकी नदीबाट नदीजन्य पदार्थको चोरीनिकासी बढेको छ । नदीको प्रारम्भिक वातावरणीय परीक्षण नगरेका विभिन्न घाट तथा सर्वोच्च अदालतले नदीजन्य पदार्थ निकाल्न रोक लगाएका स्थानबाट समेत अवैध रूपमा नदीजन्य पदार्थ चोरी निकासी भएको हो ।

राजश्व सङ्कलन घटेपछि भैरहवा सीमामा सशस्त्रको सक्रियता बढ्यो

भैरहवा भन्सार कार्यालयमा राजश्व सङ्कलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। नेपालकै दोस्रो ठूलो भन्सार नाकाको रूपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १२ महिनादेखि निरन्तर राजश्व सङ्कलन लक्ष्यअनुरूप गर्न नसकेर घाटामा गइरहेको छ। मुलुकका लागि ठूलो योगदान गर्ने यो नाकाबाट नै राजश्व सङ्कलन घटेसँगै सीमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमा विन्दुमै सक्रियता बढाएको हो।

धनुषामा अवैध काठ चोरी निकासी बढ्यो, चार महिनामा सात मुद्दा

जनकपुरधाम : धनुषामा पछिल्लो चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। डिभिजन वन कार्यालय जनकपुरधाम धनुषाले दिएको जानकारीअनुसार अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा चार महिनामै सात मुद्दामा करिब ५० क्युफिट काठसहित आरोपीलाई पक्राउ गरिएको हो।कार्यालयका प्रमुख वन अधिकृत बेचन चौधरीले भदौयता अवैधरूपमा काठ चोरी निकासी गर्नेलाई पक्राउ गरी चारवटा मुद्दा दर्ता गरिएको र तीनवटा दर्ता प्रक्रियामा रहेको जानकारी दिए। अवैध काठ चोरी निकासीको आरोपमा

नवलपरासीका खोलाहरूमा अवैध उत्खनन बढ्यो, नियमनकारी निकाय मुखदर्शक

पश्चिम नवलपरासीका खोलाहरूबाट अवैध चोरी निकासी बढेको छ । जिल्लाका खोलाहरूमा वैधानिक रुपमा ठेक्का लाग्न अझै बाँकी रहे पनि स्थानीय गिट्टी बालुवा तस्करहरू दिनरात अवैध उत्खनन गरि नदी जन्य पदार्थको चोरी निकासी गरेको पाइएको छ । तस्करहरु दिनदहाडै नदीहरुमा टैक्टरट्राली हाली अवैध रुपमा नदीजन्य पदार्थहरु ओसारपसार गरि बिक्री वितरण गरिरहेका छन् । जिल्लाको नारायणी (गण्डक) नदी, खजुरा खोला, रायपुरा खोला, तुरिया खोला, भलुही खेला, झरही खोलाहरुमा स्थानीय खोला तस्करहरुले अवैध उत्खनन गरि ढुंगा, गिट्टीबालुवा, मि

पाल्पाको निस्दी खोलामा बालुवाको चोरी निकासी बढ्यो

८ पुस, पाल्पा । जिल्लाका विभिन्न भागमा अवैध रूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो थियो । राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको छ । पछिल्लो महिना निस्दी खोलाबाट अवैधरूपमा बालुवा चोरीको […]

डोल्पामा बहुमूल्य जडिबुटी चोरी निकासी बढ्यो

जाजरकोट : बहुमूल्य सेतोचिनीलगायतका जडिबुटीहरु जाजरकोटबाट चोरी निकासी गर्ने क्रम बढेको छ। बारेकोट गाउँपालिकाको विभिन्न पाटनबाट अवैधानिक रुपमा संकलन गरिएको सेतोचिनीलगायतको जडिबुटी दैनिक ठूलो मात्रामा निकासी भएको हुँदै आएको छ। जिल्ला वन डिभिजन कार्यालयको बेवास्ता र गाउँपालिकाको मिलेमतोमा अवैध निकासी भइरहेको बारेको...

जाजरकाेटका गाउँ-गाउँबाट जडीबुटी चोरी निकासी बढ्यो

​जाजरकोट : उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीे जाजरकोटका स्थानीय निकायबाटै अवैध चोरी निकासी बढ्न थालेको छ। सरकारको उदासीनताका कारण चोरी निकासी तीव्र रूपमा बढेको हो। जडीबुटीे सप्लायर्सले राजस्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका छन् तर नियामक निकायले बेवास्ता गर्दा लाखौँको राजस्व घाटा हुने गरेको हो। जिल्...

झापाका सुपारी व्यवसायी भन्छन्: सुपारी निर्यात नहुँदा तस्करी बढ्यो

झापाः भारततर्फ निकासी हुने सुपारीको निकासी ठप्प हुँदा सुपारीको अवैध निकासी बढेको व्यवसायीहरूले गुनासो गरेका छन्। नेपालमै सबैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्लाका सुपारी व्यवसायीहरूले करिब तीन वर्षदेखि निकासी ठप्प हुँदा सुपारीको चोरी निकासी बढेको बताएका हुन्। मंगलबार झापाको बुद्धशान्ति गाउँपालिकामा भएको नेपाल सुपार...