खाद्य पदार्थ आयात निर्यातको अनुमति अब एकद्वार प्रणालीबाट

२६ चैत, काठमाडौं । खाद्य पदार्थको आयात तथा निर्यातका लागि आवश्याक पर्ने सबैखाले अनुमति एवं प्रमाणपत्र अब एकद्वार प्रणालीबाटै स्वीकार गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सूचना जारी गर्दै व्यवसायीहरुलाई आफ्ना निवेदनहरु नेपाल राष्ट्रिय एकद्वार प्रणालीबाटै पठाउन आग्रह गरेको हो । अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार जाँचपाससँग सम्बन्धित अनुमति, इजाजतपत्र र […]

सम्बन्धित सामग्री

नेपालगन्ज नाकाबाट मकै आयात बढ्यो, अन्य खाद्य पदार्थ भने घट्यो

एक वर्षमा नेपालगन्ज नाकाबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा मकै आयात बढेको छ । गत आवमा दुई अर्ब नौ करोड ९९ लाख ९४ हजार रुपैयाँको पाँच करोड ५० लाख ७१...

सम्भव छ कृषि आयातको प्रतिस्थापन उत्पादन वृद्धि र रोजगारी सृष्टिका आयामहरू

परम्परा, जलवायु र भूगोल कृषि उत्पादनका लागि अनुकूल हुँदाहुँदै पनि नेपाल कृषिजन्य उत्पादनमा दिनानुदिन परनिर्भर बन्दै गएको छ । नेपालमा सबैभन्दा ठूलो रोजगारदाता र कुल गार्हस्थ्य उत्पादनमा करीब एक चौथाइ योगदान भएको भए तापनि नीतिगत, संरक्षणात्मक, प्रोत्साहनात्मक र सुरक्षात्मक वातावरणको कमीले गर्दा कृषिक्षेत्रमा डरलाग्दो व्यापारघाटा देखिएको छ । जीवन रक्षा र राष्ट्रिय सुरक्षाको सबैभन्दा महत्त्वपूर्ण पाटोका रूपमा रहेको कृषिक्षेत्रको विकासमा उचित ध्यानको कमी र अनुचित सक्रियताको बाहुल्यका कारण यो कृषिक्षेत्रमा व्यापारघाटामा यस प्रकारको वृद्धिको अवस्था सृजना भएको हो ।  चालू आव २०७९/८०को प्रथम ९ महीनामा नेपालको कृषिजन्य वस्तुहरूको कुल आयात रू. २२७ अर्ब रहेको छ भने कृषिजन्य वस्तुको आयात राजस्व करीब रू. ४१ अर्ब बराबर रहेको छ । यस अवधिमा कृषिजन्य वस्तुको निर्यात भने रू. ५३ अर्बमा सीमित रहेको छ । यसरी कृषिजन्य उत्पादनको कुल व्यापारघाटा रू. १७४ अर्ब पुग्न गएको छ ।  तथ्यांकमा हेर्नुहोस नेपालमा कृषिजन्य वस्तुको आयातको अवस्था । यसरी नेपालमा कृषिजन्य वस्तुहरूको व्यापारघाटा बढाउने प्रमुख कृषिजन्य वस्तुहरूलाई देहायअनुसार वर्गीकृत गर्न सकिन्छ ।  नेपालको कृषिजन्य वस्तुको व्यापारघाटामा तरकारीको भूमिका प्रमुख रहेको छ । चालू आवको पहिलो ९ महीनामा कुल रू. १४ अर्ब बराबरको ४ लाख ८४ हजार ५ सय २८ मेट्रिक टन (मेट) तरकारी आयात भएको छ । यसरी आयात हुने तरकारीमा आलु, प्याज, लसुन र गोलभेडा प्रमुख रहेका छन् । चालू आवको पहिलो ९ महीनामा रू. ६ अर्ब ५६ करोड मूल्य बराबरको २ लाख ५७ हजार मेट ताजा आलु आयात भएको छ । यसैगरी रू. ५ अर्ब बराबरको १ लाख ३८ हजार मेट ताजा प्याज आयात भएको छ । यस्तै रू. ९३ करोड बराबरको ७ हजार ६ सय ५२ मेट लसुन आयात भएको देखिन्छ भने रू. ४८ करोड मूल्य बराबरको ३६ हजार ७ सय ८२ मेट बराबरको ताजा गोलभेडा पनि यस अवधिमा आयात भएको देखिन्छ । उचित नीति र कार्यक्रमको व्यवस्था हुनासाथ यी चारथरी तरकारीमा ६ महीनाभित्रै आत्मनिर्भर हुन सकिन्छ । भारतको आलुमा रोजगार सृजनालाई आधार मान्ने हो भने पनि आलु क्षेत्रमा मात्रै थप १८ लाख ७४ हजार ६ सय ७३ दिन जना रोजगारी सृजना हुने देखिन्छ । गोलभेडा, प्याज र लसुनमा पनि यही अनुपातमा रोजगारी वृद्धि हुने देखिन्छ । श्रममा आधारित तरकारी खेतीमा हुने आत्मनिर्भरताले स्वदेशमा ठूलो रोजगारी सृजना गर्न सक्ने प्रबल सम्भावना रहेको छ ।  चालू आवको प्रथम ९ महीनामा रू. ११ अर्ब बराबरको १ लाख १३ हजार २ सय ६१ मेट दलहन आयात भएको छ । तिनमा मसुरो, चना, मास, मुँग, केराउ र बोडी रहेका छन् । दलहनको कुल आयातमा मसुराको अंश मात्रै करीब ५० प्रतिशत रहेको छ । उचित रणनीति अंगीकार गर्ने हो भने सबैप्रकारका दलहनमा नेपाल आत्मनिर्भर हुन करीब ६ महीना लाग्ने मात्र हो । सबै प्रकारका दलहनमा आत्मनिर्भर हुँदा थप १ लाख १३ हजार रोजगार सृजना हुने देखिन्छ ।  नट्सहरूतर्फ २ हजार १ सय १५ मेट बराबरको रू. ६९ करोड मूल्यको ओखर आयात भएको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाहरूमा अभियान सञ्चालन गर्ने हो भने ५ देखि ७ वर्षभित्र नेपाल ओखरमा आत्मनिर्भर हुने देखिन्छ । फलपूmलतर्फ १ लाख ८१ हजार ९ सय ४४ मेट बराबरको रू. ११ अर्बको ताजा फलपूmल आयात भएको छ । नेपालमा बढी आयात हुने फलपूmलमा स्याउ, अंगुर, अनार, केरा, कागती, आँप र सुन्तला प्रमुख रहेका छन् । उचित रणनीति अंगीकार गर्ने हो उपर्युक्त फलपूmलमध्ये ५ वर्षमा आँप, सुन्तला, अंगुर र अनारको आयात प्रतिस्थापन गर्न सकिन्छ । यस्तै ६ महीनामा केराको आयात सजिलै प्रतिस्थापन गर्न सकिन्छ ।  चालू आवको पहिलो ९ महीना मसलातर्फ २० हजार मेट बराबरको रू. ५ अर्बको मसला आयात भएको छ । यसरी आयात हुने मसलामा जीरा, धनियाँ, खुर्सानी, सुकमेल, ल्वाङ, मरिच, बेसार, मेथी, ज्वानो आदि प्रमुख रहेका छन् । उपयुक्त वातावरण सृजना गर्न सकेको खण्डमा उपर्युक्त मसलामध्ये खुर्सानी, बेसार, मेथी र ज्वानो आयातलाई ६ महीनामै प्रतिस्थापन गर्न सकिन्छ ।  यसैगरी चालू आवको पहिलो ९ महीनामा ९ लाख ७२ हजार ६ सय ७५ मेट बराबरको रू. ४३ अर्ब ५३ करोड बराबरको खाद्यान्न आयात भएको छ । यसरी आयात हुने प्रमुख खाद्यान्नमा चामल/धान, मकै, गहुँ र कोदो प्रमुख रूपमा रहेका छन् । उचित रणनीति अंगीकार गर्ने हो भने ६ महीनाको अवधिमा नै यी वस्तुहरूमा आत्मनिर्भर हुन सक्ने देखिन्छ ।  यस अवधिमा रू. १६ अर्ब ८१ करोड मूल्य बराबरको तेलहनका दानाहरू आयात भएको छ । यसरी आयात हुने दानाहरूमा भटमास, तोरी र बदामको बाहुल्य रहेको छ । यी तीनओटा वस्तुको नेपालमा उत्पादन सम्भावना प्रशस्त मात्रामा रहेको छ । यसैगरी यस अवधिमा ३ लाख ७० हजार ४ सय २३ लिटर बराबरको रू. ६८ अर्ब बराबरको खानेतेल आयात भएको छ । यस आयातमा भटमास र पामतेलको आयात निर्यात प्रयोजनका लागि समेत भइरहेको सन्दर्भलाई दृष्टिगत गर्दा नेपालमा आन्तरिक उपभोगका लागि आयात हुने प्रमुख खानेतेलमा पामतेल, तोरी, भटमास र सूर्यमुखी तेल प्रमुख रूपमा रहेका छन् । पामतेल नेपालमा उत्पादन हुन नसक्ने भए पनि अन्य तेलमा नेपाल आत्मनिर्भर हुन धेरै समय लाग्ने देखिँदैन ।  यस अवधिमा ५२ हजार ३ सय २५ मेट बराबरको रू. ३ अर्ब ४८ करोड बराबरको चिनी र मिठाई आयात भएको छ । यसै गरी यस अवधिमा ३ हजार २ सय १ मेट बराबरको रू. १ अर्ब ६६ करोडको चकलेट आयात भएको छ । नेपालमा यी वस्तुमा आत्मनिर्भर हुने आधारभूत संरचना र उद्योगहरू विद्यमान नै रहेको सन्दर्भमा थोरैमात्र संरक्षणात्मक र प्रोत्साहनात्मक नीति अंगीकार गर्ने हो भने यी वस्तुमा पनि २ वर्षभित्र आत्मनिर्भर हुन सक्ने सम्भावना छ ।  नेपालमा प्रशोधित कृषि उत्पादनको आयातको आकार पनि विशाल रहेको छ । चालू आवको प्रथम ९ महीनामा रू. १८ अर्ब बराबरको ४८ हजार २ सय ४४ मेट बराबरको तयारी खाद्य पदार्थ आयात भएको छ । यसै गरी ३ हजार ५ सय ९८ किलो लिटर बराबरको रू. २ अर्ब २० करोड बराबरको मदिराजन्य वस्तुको आयात भएको छ । मदिराजन्य उत्पादनमा लामो इतिहास रहेको सन्दर्भमा यस क्षेत्रमा थोरैमात्र ध्यान दिन सकेको खण्डमा यो आयातलाई पनि धेरै हदसम्म प्रतिस्थापन गर्न सकिन्छ । यस अवधिमा २ लाख ३ हजार ९ सय ३९ मेट बराबरको रू. १४ अर्ब ८३ करोडको पशुआहार आयात भएको देखिन्छ । नेपाल प्रधान कृषि बालीमा आत्मनिर्भर हुँदा साथ यस क्षेत्रमा रहेका ठूलो आकारको आयात सजिलै प्रतिस्थापन हुन सक्ने देखिन्छ ।  यसरी भन्सारदर र क्वारेन्टाइन प्रावधानमार्फत संरक्षणात्मक र अनुदानमार्फत प्रोत्साहनात्मक नीतिको अंगीकार गरी कृषिक्षेत्रमा आत्मनिर्भर अभियान सञ्चालन गर्ने हो भने ५ वर्षभित्र नेपालमा कृषिमा आत्मनिर्भर हुने देखिन्छ । यसरी आत्मनिर्भर हुँदा यस क्षेत्रमा लाखौंको थप सम्मानजनक रोजगारी सृजना हुने देखिन्छ । यस अभियानले उत्पादन वृद्धि र रोजगार सृष्टिको नारालाई सार्थक बनाउने देखिन्छ । लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

विदेशबाट आयातित खाद्य वस्तुलाई प्रतिबन्ध लगाउन विज्ञहरुको जोड

नेपालको खाद्य प्रणालीमा सुधार र खाद्य सम्प्रभुताको लागि विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिवन्ध गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरुले बताएका छन् । पछिल्लो समय विश्वमा नै वातावरणीय प्रभाव तथा अन्य कारणले खाद्य वस्तु उत्पादनमा कमी हुँदै गएको भन्दै विज्ञहरुले  विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिवन्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विज्ञहरुले वातावरणीय प्रभावको कारण खाद्य पदार्थ उत्पादनमा कमी आउँदा विश्वमा नै खाद्य संकट आउन थालेक

भारतबाट आउने र नेपालबाट जाने तरकारी र खाद्यवस्तुको परीक्षण विहारमा

२२ जेठ, काठमाडौं । नेपालबाट भारततर्फ निर्यात र भारतबाट नेपालमा आयात हुने तरकारी तथा खाद्य पदार्थको जाँच अब बिहारमै हुने भएको छ । यसअघि नेपालबाट जाने र नेपालमा पठाउने व्यापारीहरूलाई खाद्य पदार्थ जाँच गर्न पश्चिम बंगाल जानुपर्ने बाध्यता थियो । भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरणको चौंथो फूड ल्याब आइतबारदेखि बिहारको रक्सौलमा खुलेको छ । […]

सञ्चित विदेशी मुद्रा खर्चेर गरिने आयातमा कडाइ

काठमाडौं, पुस २५ । नेपाल राष्ट्र बैङ्कले सञ्चित विदेशी मुद्रा खर्चेर गरिने आयातमा कडाइ गरेको छ ।  सवारीसाधनलगायत विभिन्न विलासिताका सामग्री, सौन्दर्य प्रशोधनका सामग्रीमा कडाइ गरेको राष्ट्र बैङ्कले विभिन्न खाद्य पदार्थ तथा पेय पदार्थको आयातलाई पनि कडाइ गर्दै त्यस्ता सामग्रीको आयात गर्नु पूर्वस्वीकृति आवश्यक पर्नेगरी एकीकृत परिपत्र जारी गरेको छ । राष्ट्र बैङ्कको विदेशी विनिमय […]

नेपालमा जीएमओ फूड भित्र्याउन थालेकोमा बिरोध

कात्तिक २६, काठमाडौं । चार ओटा विभिन्न किसान संगठनले प्रतिबन्धित जीएमओ फूड भित्र्याउन थालेकोमा बिरोध गरेका छन् । अखिल नेपाल किसान महासंघ(अप्फा), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन,अखिल नेपाल प्रगतिशील किसान संघले शुक्रवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै  मानिस, पशुपंक्षी र बातावरणलाई समेत हानी पुर्‍याउने गम्भीर सम्भावना रहेको अनुबंश परिबर्तित जैब फूड (जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म,जीएमओ ) लाई आठ वर्ष अघि नै सर्वोच्च अदालतले देशमा भित्र्याउन रोक लगाएकोमा सरकारले अहिले सर्वोच्चको आदेशलाई छलेर जस्केलाबाट भित्र्याउन थालेको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको  बताएका छन्। विश्व स्वास्थ्य संगठन समेत बिश्वस्त हुन नसकेको यस प्रकारको प्रतिबन्धित अनुबंश परिबर्तित जैब उत्पादनले मानिसको स्वास्थ्य सुरक्षाका क्षेत्रमा पनि उत्तिकै गम्भीर असर पार्ने र यस बारे बिश्वव्यापाी बहस चलिरहेको बेला सरकारले प्रतिन्धित त्यस्ता खाद्यान्न मध्ये हालै मकै, भटमास र क्यानोला(सस्र्यौंको तेल) तेल जस्ता उत्पादनहरु मानिसले प्रत्यक्ष उपभोग नगर्ने भनेर प्लान क्वारेण्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रलाई आयात गर्ने अनुमति दिएर देशमा थप गम्भिर खतरा र समस्या  निम्त्याउने काम गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा यसको हामी घोर बिरोध गर्दछौ र मानिसको स्वास्थ्य, जैबिक विविधता र प्राकृतिक  खाद्यान्न श्रृंखलालाई नै बिगार्ने प्रतिबन्धित बस्तुहरु आयात गर्ने कदम तुरुन्त रोक्न जोडदार माग गर्दछौं भनिएको छ । साथै उनीहरुले खाद्य सुरक्षाको समस्या समान खाद्य पदार्थ बितरणको अभावमा उत्पन्न हुने समस्या भएकोले सरकारले समान खाद्य सामाग्री बितरणको सार्वजनिक व्यवस्था गरेर यस्ता समस्या हल गर्ने तत्काल ठोस कदम चालोस्  भनी माग गरेका छन् ।

प्रविधिको प्रयोगले आयात निर्यातको सन्तुलन कायम गर्छः मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि जन्य वस्तुहरुको आयात निर्यातमा सन्तुलन कायम गर्न भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्नुपर्ने बताएकी छिन् ।कृषि तथा खाद्य पदार्थ आयात गर्दा आवश्यक पर्ने अनुमति, लाइसेन्स र अन्य प्रकृया सम्बन्धमा भन्सार विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र एवं पशु सेवा विभाग […]

भन्सारमा अनलाइन प्रणाली विकास गर्नुपर्छः कृषिमन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि जन्य वस्तुहरुको आयात निर्यातमा सन्तुलन कायम गर्न भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्नुपर्ने बताएकी छिन् । कृषि तथा खाद्य पदार्थ आयात गर्दा आवश्यक पर्ने अनुमति, लाइसेन्स र अन्य प्रकृया सम्बन्धमा भन्सार विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्र एवं पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच अनलाइन प्रणाली सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गर्न मंगलबार मन्त्र

नियामक निकायकै चेपुवामा व्यवसायी

वीरगन्जका सुमन क्यालले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा शौरभ क्यालको नाममा सुरभी इन्टरनेशन नामको फर्म दर्ता गरेर २०७२ सालदेखि आहारपूरक(डाइटरी सप्लिमेण्ट) खाद्यपदार्थ आयातको कारोबार गर्दै आएका थिए । उनले भारतको अलकेम लेवोरोटोरिज लिमिटेड इण्डियाले मार्केटिङ गरेको तीन प्रकारको आहारपूरक खाद्य पदार्थ अल्टीकेम प्लस क्याप्सुल, लाईकोलाईफ क्याप्सुल र लाईकोलाईफ सिरप नेपालमा आयात गरेका थिए ।