२२ जेठ, काठमाडौं । नेपालबाट भारततर्फ निर्यात र भारतबाट नेपालमा आयात हुने तरकारी तथा खाद्य पदार्थको जाँच अब बिहारमै हुने भएको छ । यसअघि नेपालबाट जाने र नेपालमा पठाउने व्यापारीहरूलाई खाद्य पदार्थ जाँच गर्न पश्चिम बंगाल जानुपर्ने बाध्यता थियो । भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरणको चौंथो फूड ल्याब आइतबारदेखि बिहारको रक्सौलमा खुलेको छ । […]