काठमाडौं : भारतसँगको सीमा विवादबारे नेपाल सरकार बोलेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक निर्माण कार्य जारी रहेको अभिव्यक्ति दिँदा सरकार मौन रहेको आरोप लागिरहेको बेलामा सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको हो। आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नुअघि सीमाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्दै सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘कालापानी लिपुलेक र लिम्पियाधुराको सम्बन्धनमा महाकाली नदीको पूर्व कालापानी, लिपुलेक र लिम्पिय